फोटो हिक्मतजंग ठकुरी
मुगु—नेपाली कांग्रेसका मुगु सभापति तथा पूर्ब वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी यति बेला चुनावी प्रचार प्रशार अभियानमा जुटेका छन ।उनी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरि उम्मेदवार संगै भोट बटुल्न चुनावी प्रचार अभियानमा लागेका छन । पार्टीका उम्मेदवार प्रत्यक्ष तर्फ खडगबहादुर शाही र समानुपातिका उम्मेदवार भिम तिरुवालाई भोट माग्न पूर्बमन्त्री शाही मतदाताको घरदैलो कार्यक्रममा ब्यस्त छन ।
पार्टीका उम्मेदवार साथमा लिएर यति बेली उनी सोरु गाउ“पालिकको बिभिन्न बस्तीमा चुनावी प्रचार अभियानमा होमिएका छन ।
पूर्बमन्त्री शाही धैनकोट, भीई, नार्थपु, सोरुकोट हुदै लिब्रु फोतु नेर लगायत गाउ“बस्ती तर्फ चुनावी प्रचार अभियानमा लागेका छन ।हरेक बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्ने, पार्टीको चुनावी एजेण्डा प्रस्तुत गर्ने, मतदाताका गुनासा सुन्ने र सोधिएका प्रश्नको जवाफ दिने लगायत कार्यमा शाही ब्यस्त छन ।अघिल्लो पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बिजय प्राप्त गरि संघीय वनमन्त्री बनेका शाही यो पटकको निर्वाचन आफनो उम्मेदवारलाई जिताउन चुनावी प्रचार अभियानमा खटिएका छन । पूर्ब शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्ल पनि आफनो पार्टीको उम्मेदवार जिताउन चुनावी प्रचार अभियान अन्त्र्रगत मतदाता सामु पुगेर भोट माग्ने कार्यमा ब्यस्त छन
अहिलेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कुनै पनि राजनीतिक दलको चुनावी गठबन्धन नभएको हुदा उम्मेदवारलाई चुनाव जित्न चुनौती सामना गर्नु पर्ने अबस्था देखिएको छ ।
निर्वाचन नजिकीदै गर्दा पार्टीका उम्मेदवार, नेता कार्यक्रताहरुलाई भोट माग्न निकै दौडधुप गर्न थालेका छन । भौगोलिक बिकटता संगै दुर्गम बस्तीमा पुगेर मतदातालाई भेटेर भोट माग्न समय लाग्न थालेपछि उम्मेदवार दिनरात चुनावी प्रचार अभियानमा जुटेका छन ।फागुन २१ गते हुने निर्वाचनमा मुगु जिल्ला बाट ७ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन ।