मुगु जिल्ला स्थित मुगुम कार्मारोङ गाउँपालिकामा–२ मुगु गाउँका स्थानीय जडिबुटीकै भरले गाउँँमा बस्दै आएका छ
मुगु गाउँका करिव डेढ सय परिवार जेठ असारमा यार्सा असोजमा कटुकी र कार्तिकमा भोल्ते बनलसुन संकलन गरेर जीवन धान्दै आएका छन ।
समुद्री सतह देखि ३२ सय ७५ मिटर उचाईमा रहेको मुगु गाउँमा कोदो, चिनु, फापर, गहुँ, जौ, धान, सिमि नफल्ने र जडिबुटी पिटेर बिक्री गरि कमाएको पैसाले बर्षभरि जीवन निर्बाह गर्ने गरेका छन । अधिकास स्थानीय बनमै बास बसेर जडिबुटी संकलन गर्ने गरेको छन मुगु गाउँका छिरिङ तामाङले बताए ।
सिमित मुगु जिल्ला मात्र नभएर कर्णालीका हुम्ला, जुम्ला, डोल्पाको माथिल्लो भेगमा बसोबास गर्ने स्थानीय जडिबुटीकै भरमा निर्भर छन । बन क्षेत्रमै कटुकी प्रति किलो १६ सय ५० र भोल्ते प्रति किलो ५ सय ५० सयका दरले बिक्री बितरण हुने भएको पैसा कमाउने लोभले स्थानीय संकलनमा जुटने गरेको मुगुका जडिबुटी ब्यापारी बताउछन ।
कर्णालीको हिमाली जिल्लाको बन क्षेत्रमा पाइने थरीथरीका जडिबुटीलाई उत्पादन तथा ब्याबस्थित गर्न सके एकातिर पर्यटन प्रर्बधनमा टेवा पुग्र्ने अर्कोतिर स्थानीयको आयआर्जनमा सुधार हुने मुगुम कार्मारोङ गाउ“पालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाई छ ।
सरकारको बन बिकास गुरुयोजनामा जडिबुटीको प्रर्बधन गरि आर्थिक समृद्धि बनाउने लक्ष्य छ । जिल्ला डिभिजन बन कार्यालयको एक तथ्याङ्क हेर्ने हो भने नेपालमा करिव ७ सय भन्दा बढी प्रजातिका जडिबुटी पाइने र उक्त जडिबुटी औषधिको रुपमा प्रयोग ल्याइएको देखिएको छ बनस्पति बिभागले ७ हजार प्रजातिका फूल फुल्ने बनस्पति मध्ये करिव ७ सय प्रकारका जडिबुटी औषधिको रुपमा प्रयोगमा आएको देखिएको छ ।
उक्त जडिबुटी मध्ये धेरै प्रजातिका जडिबुटी कर्णालीको हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट लगायत हिमाली जिल्लाको बन क्षेत्रमा पाइने गरेका छन । उत्तम हावापानी र अनुकुलन जलबायूका कारण कर्णाली क्षेत्रमा जडिबुटीको भण्डारणको रुपमा चिनिएको छ । कर्णालीको बन क्षेत्रमा संकलित करिव ७५ प्रजातिका जडिबुटी बाहिर निर्यात हुने गरेको छ । कर्णालीमा १ सय ४५ प्रकारका जडिबुटी पाइने गरिएको भएपनि प्रशोधन केन्द्रको अभावले उक्त जडिबुटी जिल्ला सदरमुकाम हुदै सुर्खेत नेपालगञ्ज भएर रुैपडिया बाट भारत बहराइन, दिल्ली कल्कत्ता निकासी हुने गरेको छ । कर्णालीको हिमाली जिल्लाहरुमा उत्पादन हुने बहुमुल्य जडिबुटी बाह्य देशमा निर्यात हुदै आएका छन । सरकारी एक तथ्याङ्क बमोजिम बार्षिक रुपमा ११ हजार ७ सय मेट्रिकटन जडिबुटी कर्णाली बाट बाहिर निर्यात भएको पाइन्छ ।
मुगु, हुम्ला, जुम्ला, डोल्पा लगायत हिमाली जिल्लामा संकलित जडिबुटीहरु धमाधम बाहिर देशमा निर्यात भइरहेका छन । एक तथ्याङ्क बमोजिम कर्णाली क्षेत्र बाटै करिव ७५ किसिम भन्दा बढी जडिबुटी बाहिर निर्यात भएको पाइएको छ ।