शनिवारिय कविता : अस्पृश्य आँसु
म जन्मँदा आकाशले जात सोधेन, घामले किरण छुट्याएन, हावाले सास फेर्न कर लगाएन। तर मान्छेले— मेरो निधारमा कालो अक्षरले लेखिदियो, “तँ दलित होस्।“ त्यस दिनदेखि मेरो नामभन्दा अगाडि तिरस्कारको काँडेतार उभियो, र मेरो पाइला आफ्नै देशको बाटोमा परदेशीझैँ हिँड्न बाध्य भयो। मैले पनि ढुंगा बोकेँ, पसिना चुहाएँ, र आफ्नै हातले मन्दिर उठाएँ। तर जब घण्टी बजाउन हात बढाएँ, ढोकाले मेरो...