यसपालिको कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान कार्यक्रम नगर्ने
काठमाडौँ — नेपाली कांग्रेसले यस वर्षको कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा ‘चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ। देशमा भर्खरै आएको प्राकृतिक विपत्ति र जनधनको ठूलो क्षतिका कारण पार्टीले शोकको यस घडीमा चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। बिपी कोइराला वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत...