काठमाडौ —फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ । भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेन दोस्रोपटक च्याम्पियन बनेको छ । स्पेनको जितमा फेरान टोरेसले निर्णायक गोल गरे। उनले खेलको अतिरिक्त समयमा १०६ औं मिनेटमा गोल गर्दै स्पेनलाई उपाधि दिलाए । स्पेनले यसअघि २०१० मा उपाधि जितेको थियो ।