काठमाडौ — मुगु जिल्लाको सोरु गाउँपालिका–६, सोरुकोट रोकायाबाडाका ४० वर्षीय ललि कार्कीको स्वास्थ्य उपचारमा आर्थिक सहयोग जुट्ेपछि उपचारमा सुधार हुदै गएको छ । घाँटीको जटिल समस्याका कारण काठमाडौंस्थित वीर अस्पतालको नयाँ भवनमा उपचाररत कार्कीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको उपचारमा सहयोगी अक्कल बुढाले बताए ।
पहिलेको अबस्था भन्दा अहिले काकीैको स्वास्थ्य उपचारमा धेरै सुधार आएको छ अक्कलले भने अहिले बोल्न सक्ने खाना खान सक्ने भएका छन । पहिलेको अबस्था हेर्दा यस्तो सुधार होला भन्ने कल्पना समेत थिएन ।
कार्कीको उपचारको लागि बिभिन्न निकाय तह तप्का बाट धेरै मनकारी दयालु ब्यक्तिले आर्थिक सहयोग गरे अक्कल भन्छन् अहिले सम्म करिव दुई लाख जति मनकारी ब्यक्ति बाट आर्थिक सहयोग जुटेको छ ।
उनको बा“च्ने भाग्य रहेछ अक्कलले भने सुरुमा अस्पताल भर्ना गर्दा मैले आश मारि सकेको थिए । कार्कीको स्वास्थ्य उपचारको लागि हृदयदेखि सहयोग गर्ने मनकारी ब्यक्तिलाई अक्कलले धन्यबाद समेत दिएका छन ।
लामो समयदेखि घाँटीसम्बन्धी समस्याबाट पीडित कार्कीलाई परिवारले उपचारका लागि काठमाडौं ल्याएर वीर अस्पतालमा भर्ना गरेको हो । बीर अस्पतालका चिकित्सक टोलीको निगरानीमा उनको उपचार भइरहेको छ ।
उनको प्रारम्भीक उपचारमा क्रममा समेत रकम अभाव भएपछि मोबाइल फोन धरौटी राखेर सापटी लिई औषधि खरिद गर्नुपरेको अक्कलले सुनाए ।
कार्कीको जटिल स्वास्थ्य अवस्था र परिवारको कमजोर आर्थिक अवस्थालाई ध्यानमा राख्दै सोरु गाउँपालिकाका शाही युवा शक्ति नेपालका महामन्त्री तथा अभियन्ता रेशमचन्द मल्ल र रोयर समरसहितले ‘ललि कार्की बचाउ अभियान’ सञ्चालन गरी आर्थिक सहयोग जुटाउने पहल गरेका थिए ।