काठमाडौ —पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैंको अवसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई टीका लगाई दिएका छन । दसैंको टीका थाप्न देउवा निवास पुगेका कार्यकर्ताहरूलाई उहाँले टीका–जमराका साथै आशीर्वाद प्रदान गर्नुभएको हो ।गत भदौ २४ गतेको ’जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएपछि हाल उहाँ काठमाडौँको महाराजगञ्जस्थित अस्थायी निवासमा बस्दै आउनुभएको छ।
उहाँकी धर्मपत्नी आरजु राणा, छोरा र बुहारी हाल विदेशमा रहेको अबस्थामा उहाँ हाल महाराजगञ्ज निवासमा एक्लै रहनुभएको छ। दसैंको अवसरमा महाराजगञ्ज निवासमै पुगेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई देउवाले खुशी र हर्षका साथ टीका लगाइदिँदै दसैंको शुभकामना र आशीर्वाद दिएर पठाउने गरेका छन ।
नेपाल तरुण दलका पूर्ब केन्द्रीय सदस्य नन्दराज मल्लका अनुसार देउवाको हात बाट दसैं टिका लगाएको जनाए ।