शुक्रबार, कार्तिक ७, २०८३
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • दसैँको टीकाको तेस्रो दिन मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

दसैँको टीकाको तेस्रो दिन मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

  • शुक्रबार, कार्तिक ७, २०८३
दसैँको टीकाको तेस्रो दिन मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौ —बिजयादशमीको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ। दसैंका दिन टीका लगाउन नभ्याएका तथा छुटेका आफन्त र परिवारजनले आज पनि एकअर्काको घरमा पुगेर टीका लगाउने र आशीर्वाद लिने क्रम जारी राखेका छन ।

दसैंका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ । दसैँलाई परिवारका सदस्य तथा लामो समयदेखि भेटघाट हुन नसकेका आफन्तबीच पुनर्मिलन हुने विशेष अवसरका रूपमा पनि लिने गरिन्छ ।

मान्यजनको हातबाट टीका र जमरा लगाई आशीर्वाद ग्रहण गर्ने परम्पराले परिवार तथा आफन्तबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै आपसी सद्भाव, विश्वास र भाइचारा अभिवृद्धि गर्न सहयोग पु¥याउने विश्वास गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार