बुधबार, कार्तिक ५, २०८३
बुधबार, कार्तिक ५, २०८३
  • होमपेज
  • News
  • गाउँको दशैँ संस्कृति, आत्मीयता र उमङ्गको पर्व

गाउँको दशैँ संस्कृति, आत्मीयता र उमङ्गको पर्व

  • बुधबार, कार्तिक ५, २०८३
गाउँको दशैँ संस्कृति, आत्मीयता र उमङ्गको पर्व

काठमाडौ —नेपालीहरूको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड दशैँको वास्तविक र जीवन्त रौनक शहरमा भन्दा गाउँघरमा नै बढी देखिएको छ । गाउँको दशैँ केवल एउटा सांस्कृतिक चाड मात्र होइन, यो सम्पूर्ण समाजलाई एकताको सूत्रमा बाँध्ने, सम्बन्धहरूलाई बलियो र प्रकृतिसँग रमाउने एउटा विशेष पर्वको रुपमा लिने गरेका छन ।

गाउँमा दशैँको आगमनसँगै मौसमले पनि सुन्दर रूप फेर्छ। वर्षा ऋतु सकिएर शरद ऋतुको आगमन भइसकेको हुन्छ। नीलो आकाश, सिरसिर चल्ने चिसो हावा र खेतभरी पहेंलपुर भएर झुलिरहेका धानका बालाहरूले गाउँको वातावरणलाई अझ मनमोहक बनाएको छ । यति बेला मौसम पनि सफा भएको हुदा दसैं झन रमाइलो भएको छ ।

दशैँ आउनुअघि नै गाउँलेहरू खेतीपाती अन्नबाली भित्रयाउने काममा व्यस्त छन । धान, कोदो, कागुनो, चिनो, सिमि मास काट्दै दसैमा रमाइरहेका छन । दशैँको स्वागतका लागि गाउँका घर–घरमा रातो र सेतो माटो तथा गोबरले पोतेर चिटिक्क देखिन्छ । आजकल आधुनिक रङको प्रयोग बढे पनि परम्परागत माटोले पोतिएका घरहरूको सुगन्धले अर्कै आनन्द दिन्छ। घर–आँगन सफा गरेपछि सिङ्गो गाउँबस्ती नै दसैमा रमाएका छन । शहर भन्दा दसैंमा गाउका घर चिटिक्क देखिने गरेका छन ।

दशैँको अर्को सबैभन्दा सुन्दर पक्ष भनेको शहर तथा विदेशमा रहेका आफन्तहरूको गाउँ फिर्ता हुनु हो। रोजगारी, अध्ययन वा व्यापारका सिलसिलामा शहर पुगेका मानिसहरू दशैँ मनाउन गाउँ पुगेका छन । वर्षभरि सुनसान जस्तै देखिने गाउँका बाटाहरू र घरहरू शहरबाट मानिसहरू फर्किएपछि एकाएक रमाइलो भएका छन ।

लामो समयपछि आफ्ना छोराछोरी, नातिनातिना र आफन्तलाई भेट्न पाउँदा बुबाआमा र बाजेबज्यैको अनुहारमा खुसी छाएको छ ।  गाउँका चौतारा, धारा र देउरालीहरूमा पुराना साथीभाइहरूको जमघट भएर रमाइरहेका छन ।बाल्यकालका यादहरू ताजा गर्दै हाँसो–ठट्टा र अनुभव साटासाट गर्दा गाउँको माहौल निकै आत्मीय र उत्सवमय बनेको छ । दसैको अवसरमा स्थानीय युवा क्लवहरुले बिभिन्न खेलकुदमा आयोजना गरि थप रमाइलो गर्ने गरेका छन । गाउँमा घटस्थापनाका दिनदेखि नै दशैँको चहलपहल भएको छ । साना बालबालिकादेखि लिएर वृद्धवृद्धाहरूसम्म पिङको आनन्द लिन पुग्छन्।

विजयादशमीको मुख्य दिन आज नया पहिरनका साथ घरका मान्यजन तथा जेठा–पाकाको हातबाट रातो टीका र पहेँलो जमरा ग्रहण गरेका छन । शहर भन्दा अचेल गाउमा अझै दसैंको बढी महत्व हुने गरेको छ ।
टीकासँगै दिइने आशिर्वादले मानिसमा नयाँ ऊर्जा र उत्साह थपिएको छ । गाउँमा एकै घरमा मात्र टीका लगाइँदैन, बरु आफन्त, छरछिमेक र सिङ्गो गाउँभरि नै पुगेर टीका–जमरा र आशिर्वाद आदानप्रदान गरेर बिजयादशमी मनाएका छन । एक आपसमा टिका लगाउनु अघि रातो अक्षता र पहेलो जमरा आफनो कुल देवतालाई चढाउन चलन छ ।

सेलरोटी, खिर काँक्राको अचार, र विविध परिकारहरू बनाएर सबैजना सँगै बसेर खाने परम्पराले भाइचाराको सम्बन्ध झन बलियो बनाएका छन । लेकाली पाटनमा चरेका खसीको मासु रातो मार्सि धानको भात दसैंको लागि बढी महत्व र स्वादिष्टको भोजन मानिएको छ ।

चर्चामा

सम्बन्धित समाचार