शुक्रबार, अशोज ३०, २०८३
शुक्रबार, अशोज ३०, २०८३
  • होमपेज
  • News
  • बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

  • शुक्रबार, अशोज ३०, २०८३
बुढीगण्डकी बाढी  प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरूघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. १ र २ लाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

बैठकले यही असोज ८ गतेदेखि ११ गतेसम्म भएको वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अतिप्रभावित बागलुङ जिल्लाका थप दुई वटा स्थानीय तह गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

ती स्थानीय तहका क्षतिग्रस्त निजी आवासका प्रभावित परिवारहरूले होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहेमा त्यस्ता परिवारका लागि वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा ६ महिनाका लागि तत्काल राहत स्वरूप बसोबास र जीविकोपार्जनका लागि ४ जनासम्मको सदस्य सङ्ख्या भएका परिवारलाई प्रतिपरिवार प्रतिमहिना १५ हजार रुपैयाँ र सोभन्दा बढी सदस्य भएको परिवारका लागि प्रतिसदस्य थप प्रतिमहिना २ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार