मङ्लबार, कार्तिक ४, २०८३
मङ्लबार, कार्तिक ४, २०८३
  • होमपेज
  • समाज
  • बडा दसैँमा लिङ्गेपिङमा मच्चिँदै “चचहुई चचहुई…

बडा दसैँमा लिङ्गेपिङमा मच्चिँदै “चचहुई चचहुई…

  • मङ्लबार, कार्तिक ४, २०८३
बडा दसैँमा लिङ्गेपिङमा मच्चिँदै “चचहुई चचहुई…

काठमाडौ —नेपालीहरूको महान् चाड बडादसैँ भन्नेबित्तिकै नयाँ लुगा, रातो टीका, पहेँलो जमरा, मीठा–मीठा परिकार र चौतारामा मच्चिने लिङ्गे पिङको उत्तिकै महत्व र उत्साह रहेको छ । दसैँको बेला गाउँघरका डाँडाकाँडा, सार्वजनिक चौतारी र चौरहरूमा हालिने लिङ्गे पिङ मनोरञ्जनको साधन मात्र नभई नेपाली मौलिक संस्कृति, सामुदायिक सहकार्य आपसी भेटघाटको माध्यम पनि हो ।
लिङ्गे पिङको सुरुवात ठ्याक्कै कहिलेदेखि भयो भन्ने स्पष्ट लिखित ऐतिहासिक दस्तावेज नभए पनि यो परम्परा मानव सभ्यता र कृषि प्रणालीको विकास क्रमसँगै जोडिएर आएको मानिन्छ ।

दसैँको विजयादशमीका दिन कम्तीमा एक पटक भए पनि धर्ती (भुइँ) छाड्नुपर्छ।“ टीकाको दिन पिङ खेलेर हावामा मच्चिँदा वर्षभरिको पाप नाश हुने, मनोकाङ्क्षा पूरा हुने र पुण्य प्राप्त हुने धार्मिक मान्यता रहँदै आएको छ ।
सामूहिक सहकार्यः लिङ्गे पिङ निर्माण गर्न चारवटा अग्ला बलिया बाँस (लिङ्गा) काट्ने, खाल्डो खन्ने, बाबियो वा डोरीको लठारो बाट्ने र पिङ तयार पार्ने काममा सम्पूर्ण गाउँले वा युवाहरू एकै ठाउँमा भेला हुन्छन्। यसले समुदायमा एकता, सहकार्य र आपसी सद्भाव बढाउन सहयोग पनि गरेको पाइन्छ ।

परदेश गएकाहरू दसैँमा घर फर्किएपछि पिङ खेल्ने चौतारीहरू साथीभाइ र आफन्तको भेटघाटको मुख्य केन्द्र बन्छन्। वृद्धवृद्धादेखि बालबालिका र युवायुवतीहरू एकै ठाउँमा भेला भई रमाउँने गरेका छन । पिङमा मच्चिँदै “चचहुई…!“ भनेर हालिने गुन्जायसले दसैँको उत्साहलाई उचाइसरह पु¥याउँछ। सांस्कृतिक पक्षका साथै यसको स्वास्थ्य सम्बन्धी महत्व पनि छ।
दसैँमा भारी र चिल्लो–चाप्लो परिकार तथा मासुजन्य भोजन धेरै खाइन्छ। पिङ मच्याउँदा उठ्ने र बस्ने क्रममा पेट र शरीरको राम्रो व्यायाम हुने भएकाले यसले पाचन प्रणालीलाई समेत मद्दत पु¥याउँछ।

वर्तमान अवस्था र संरक्षणको आवश्यकता दसैँको अभिन्न अङ्ग मानिने लिङ्गे पिङ पछिल्लो समय आधुनिकता, बजारीकरण र सूचना प्रविधिको विस्तारसँगै बिस्तारै कम हुँदै गएको छ। वैदेशिक रोजगारीका कारण गाउँमा युवाको कमी हुनु, खुला ठाउँहरू घट्दै जानु र नयाँ पुस्ता मोबाइल तथा इन्टरनेटमा बढी व्यस्त हुनाले पिङको मौलिकता सङ्कटमा परेको देखिन्छ। चाडपर्वको रौनक जोगाउन र भावी पुस्तालाई आफ्नो मौलिक परम्परासँग जोडी राख्न दसैँमा लिङ्गे पिङ हाल्ने र खेल्ने यो मौलिक संस्कृतिलाई निरन्तरता दिनु हामी सबैको कर्तव्य हो ।

चर्चामा

सम्बन्धित समाचार