आइतवार, कार्तिक २, २०८३
आइतवार, कार्तिक २, २०८३
  • होमपेज
  • समाज
  • जुम्लामा फूलपातीको अवसरमा घोडादौड प्रतियोगिता

जुम्लामा फूलपातीको अवसरमा घोडादौड प्रतियोगिता

  • आइतवार, कार्तिक २, २०८३
जुम्लामा फूलपातीको अवसरमा घोडादौड प्रतियोगिता

जुम्ला — दसैँको फूलपातीको अवसरमा जुम्लामा कर्णाली स्पोर्टस् क्लबद्वारा आयोजित खुला घोडादौड प्रतियोगिता सम्पन्न भएको छ। कोरोनाका कारण गत वर्ष रोकिएको यो परम्परागत प्रतियोगिता यस वर्ष २० वटा घोडाको सहभागितामा पुनः सुचारु गरिएको हो।

प्रतियोगिताको नतिजा यस प्रकार छः खुला दौडः गुठीचौर–२ का मनसुर बोहरा (प्रथम), गुठीचौर–१ का हरि बस्नेत (द्वितीय) र गुठीचौर–२ की लक्ष्मी बोहरा (तृतीय)।

घोडा पालनपोषणः पातारासीका एकराज थापा (प्रथम), चन्दननाथका कालीबहादुर बुढाथापा (द्वितीय) र गुठीचौरका कालीबहादुर रावत (तृतीय)।

कदम÷चालः बिर्खबहादुर भण्डारी (प्रथम), कालीबहादुर बुढा (द्वितीय) र विकास ऐडी (तृतीय)। विजयीहरूलाई क्रमशः रु. ५,०००, रु. ३,००० र रु. २,००० नगदसहित मेडल प्रदान गरिएको छ। जुम्लामा यातायातका साधन भित्रिएसँगै लोप हुने अवस्थामा पुगेको ऐतिहासिक जुम्ली घोडाको महत्त्व र संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सरोज शाहीले  बताए । Photo  by Dan Budha 

चर्चामा

सम्बन्धित समाचार