मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–२ चैन गाउँका कोशल हमालको सिर्जनशिल कलायात्रा अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गत ललितकला केन्द्रीय विभागसम्म पुगेको छ ।
सिर्जनशील चित्रकलामा आफ्नो पहिचान बनाउँदै आएका हमाल अहिले विश्वविद्यालयको ललितकला केन्द्रीय विभागमा उपप्राध्यापमा कार्यरत नयाँ पुस्तालाई सिर्जनशील कला पढाउदै छन ।
सानै उमेरमा आफनै दैलोमा चित्रकलाको सपना देख्दै हुर्किएका हमाल अहिले कक्षाकोठामा विद्यार्थीलाई सिर्जनाको अर्थ बुझाउने र क्यानभासमा आफ्ना अनुभूति उतार्ने भूमिमा छन ।
हमालका लागि कला केवल रुचिको विषय थिएन । बाल्यकालदेखि नै चित्रकला र सिर्जनात्मक कामप्रति आकर्षित उनी कलालाई आफ्नो जीवन, समाज र परिवेश बुझ्ने माध्यमका रूपमा लिन थालेका थिए ।
काठमाडौंस्थित ललितकला क्याम्पस बाट कलासम्बन्धी प्रारम्भिक अध्ययन सुरु गरेका हमालको शैक्षिक यात्रा नेपालमै सीमित रहेन । सन् २००७ मा पाकिस्तान पुगेका उनले सिर्जनशील चित्रकलासम्बन्धी उच्च अध्ययन गरे। अध्ययनका क्रममा उनले चित्रकलाको शैली, प्रयोग र सिर्जनात्मक क्षमतालाई थप निखार्दै अघि बढे ।
कलाप्रतिको निरन्तर साधना र अध्ययनले उनलाई कलाकारका रूपमा स्थापित गर्दै लग्यो। उनका सिर्जनाले दर्शक तथा कला–प्रेमीको ध्यान खिच्न थाले। आफ्ना सिर्जनशील कला बजारमा बिक्री हुन थालेपछि उनले कलालाई व्यावसायिक रूपमा अघि बढाउने थाले ।
उपप्राध्यापकसम्म
हमालको यात्राको अर्को महत्वपूर्ण मोड विश्वविद्यालयको अध्यापन हो। बि.स २०८२ मा त्रिभुवन विश्व बिद्यालय सेवा आयोगले पदपूर्तीका लागि लोकसेवा आयोग बाट ललितकला केन्द्रीय विभागको उपप्राध्यापक पदका निकाल्न सफल भए उनी नियुक्त भएपछि कलाकारिता र औपचारिक उच्च कला शिक्षाबीच उनको सम्बन्ध थप बलियो भयो । यो बिभाग नेपालको एमएफ देखि पिएचडी तह सम्म अध्ययन अनुसन्धान गर्ने एक प्रमुख बिशिष्ट प्लेटफर्म हो ।
कुनै समय गाउँबाट काठमाडौं आएर कला सिक्ने विद्यार्थी रहेका हमाल अहिले आफैं विद्यार्थीलाई कला सिकाउने ठाउँमा पुगेका छन ।
उनका लागि यो पद वा जागिर प्राप्तिको विषय होइन। आफूले अध्ययन, अनुसन्धान र सिर्जनाका क्रममा हासिल गरेको ज्ञान तथा अनुभव नयाँ पुस्तासम्म पु¥याउने अवसरका रूपमा उनले लिएका छन ।
अहिले उनको दैनिकी कक्षाकोठा र सिर्जनास्थल बीच बित्ने गरेको छ । विभागमा विद्यार्थीलाई अध्यापनसँगै अध्ययन, अनुसन्धान, लेखन तथा सिर्जनशील कलाकर्मलाई निरन्तरता दिइरहेका छन्। साविकको कर्णाली क्षेत्र बाट त्रिभुवन बिव्श बिद्यालयको उच्च पदमन प्रतितिनिधित्व गर्नेमा हमाल तेश्रो स्थानमा पर्ने गरेका छन । पहिलो राराका डां शौभाग्य शाह दोश्रोमा कालिकोटका प्रो डा. प्रेमबहादुर सिह हुन
पुरानो पाठ्यक्रममा नयाँ सोच
उपप्राध्यापकको जिम्मेवारी पाएपछि हमाल आफ्नो भूमिका कक्षाकोठामा मात्र सीमित राख्न चाहेका छैनन । उनले ललितकलालाई समय अनुकूल बनाउने र विद्यार्थीको सिर्जनशीलतालाई केन्द्रमा थप प्रभावकारी बनाउने तिर उन्मुख देखिएका छन ।
ललितकला केन्द्रीय विभागमा पाठ्यक्रमलाई समयअनुकूल परिमार्जन गर्न जोड दिएका छन । नियमित कक्षा सञ्चालन, अध्ययन–अनुसन्धानको वातावरण निर्माण तथा कला शिक्षालाई प्रयोगमुखी र सिर्जनशील बनाउने विषयमा हमालको ध्यान केन्द्रीत रहेको छ । हमालको परिवर्तन सिल सोच र काम प्रति अध्ययनरत बिधार्थीहरु पनि खुशी छन ।
सुर्खेतमा कला कलेज खोल्ने सपना
कलालाई आफ्नो कर्मक्षेत्र बनाएका हमालको अर्को सपना कर्णालीमा कला शिक्षाको अवसर विस्तार गर्नु प्रमुख उदेश्य थियो । कर्णाली प्रदेश राजधानी बीरेन्द्रनगर सुर्खेतमा आर्ट कलेज स्थापना गर्ने सोच उनको थियो ।
कर्णालीका विद्यार्थी कला अध्ययनका लागि काठमाडौं वा अन्य शहरमा जानुपर्ने बाध्यता कम होस् र स्थानीय प्रतिभाले आफ्नै क्षेत्रमा कला सिक्ने अवसर पाऊन् भन्ने उद्देश्य राखेर हमालले सुर्खेतमा आर्ट कलेज खोल्ने सोच बनाएका थिए ।
ललितकला केन्द्रीय विभागमा उपप्राध्यापकमा नियुक्त भएपपछि उनको तत्कालीन प्राथमिकता केही परिवर्तन भएको हो । विश्वविद्यालयमै रहेर कला शिक्षा, अनुसन्धान र सिर्जनशील कलालाई अघि बढाउने काममा केन्द्रित भएपनि कर्णालीमा कला शिक्षाको पहुँच विस्तार गर्ने सोच भने उनको कायमै छ ।
दुर्गम गाउँबाट विश्वविद्यालयसम्म
चैन गाउँबाट काठमाडौंसम्मको हमालको यात्रा सहज थिएन। कला पढ्ने सपना बोकेर कलिलो उमेरमै शहर पसेका उनले नयाँ परिवेशमा आफूलाई स्थापित गर्न निरन्तर संघर्ष गर्नुप¥यो।
गाउँको परिवेशबाट सुरु भएको उनको यात्रा काठमाडौं हुँदै पाकिस्तानसम्म पुग्यो। त्यहाँको उच्च अध्ययन र अन्तर्राष्ट्रिय अनुभवले उनको कलात्मक दृष्टिलाई फराकिलो बनायो । उनको यात्रामा अध्ययन, अध्यापन, अनुसन्धान र सिर्जनशीलता एक अर्काका परिपूरक बनेका छन ।
मुगुको दुर्गम गाउँमा जन्मिएको एउटा युवा कला सिक्न शहर पस्छ, विदेश पुगेर उच्च शिक्षा हासिल गर्छ, कलाकारका रूपमा आफ्नो पहिचान बनाउँछ र अन्ततः विश्वविद्यालयमा उभिएर नयाँ पुस्तालाई कला पढाउँछ—कोशल हमालको यही यात्रा निरन्तर परिवर्तनको कथा हो।
अब उनको अगाडिको चुनौती आफूले हासिल गरेको अनुभवलाई नयाँ पुस्ताको सिर्जनात्मक क्षमतासँग जोड्नु हो। कलाकारका रूपमा क्यानभासमा र शिक्षकका रूपमा कक्षाकोठामा उनले एउटै उद्देश्यलाई निरन्तरता दिन खोजेका छन ।
मुगुको एउटा गाउँबाट सुरु भएको हमालको कलायात्राले एउटा सन्देश दिन्छ—अवसर सीमित हुन सक्छ, तर सिर्जनशीलताको यात्रा सीमित हुँदैन।
अन्तर्राष्ट्रिय अनुभवसम्म
पाकिस्तानमा अध्ययन गरिरहेकै समयमा हमाल सन् २००८ मा साउथ एसिया फाउन्डेसन (क्ब्ँ) अन्तर्गतको कलाकारवृत्तिका लागि छनोट भए। यो अवसर उनका लागि कला, संस्कृति र शिक्षालाई दक्षिण एसियाली सन्दर्भमा फराकिलो ढंगले बुझ्ने महत्वपूर्ण मोड बन्यो ।
कलाकारवृत्ति बाट प्राप्त अन्तर्राष्ट्रिय अनुभव, त्यसपछिको उच्च शिक्षा, निरन्तर अध्ययन–अनुसन्धान र अध्यापनले उनको कलायात्रालाई क्रमशः फराकिलो बनाउँदै लगे ।
नेपाल फर्किएपछि उनले शिक्षणलाई पनि आफ्नो कर्मको महत्वपूर्ण हिस्सा बनाए। विश्वविद्यालयमा आबद्ध हुनुअघि झन्डै एक दशक अध्यापन गरेको अनुभवले उनलाई विद्यार्थीको सिर्जनात्मक विकास, कला शिक्षणका विविध पक्ष र कक्षाकोठाको व्यवहारिक अनुभवसँग नजिक बनाए ।
विद्यार्थीसँग प्रत्यक्ष काम गर्दा कला सिकाउनेभन्दा पनि उनीहरूको सिर्जनशीलता बुझ्ने अवसर बढी मिल्छ,” हमालको अनुभव छ।
पुरस्कार तथा सम्मान
कोशल हमालले कला क्षेत्रमा पु¥याएको योगदानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न पुरस्कार, सम्मान तथा छात्रवृत्ति प्राप्त गरेका छन्। कलायात्रालाई राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याएका हुन्।
हमालले सन् २००० मा क्षेत्रीय शैक्षिक निर्देशनालय, सुर्खेतद्वारा आयोजित क्षेत्रीय कला प्रतियोगितामा विशेष पुरस्कार प्राप्त गरेका थिए। त्यसको एक वर्षपछि २००१ मा क्षेत्रीय वन कार्यालय तथा जिल्ला वन कार्यालय, मुगुले आयोजना गरेको कला प्रतियोगितामा प्रथम पुरस्कार जित्न सफल भए ।
कला क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका हमालले सन् २००७ मा दक्षिण एसिया फाउन्डेसनको छात्रवृत्ति प्राप्त गरी दृश्य कला Visual Arts विषयमा बीएफए अध्ययन गर्ने अवसर प्राप्त गर्न सफल भए ।
सन् २०११ मा पाकिस्तानको लाहोरस्थित बेकनहाउस नेसनल युनिभर्सिटीको डिग्री प्रदर्शनीमा विशिष्टता पुरस्कार Distinction Award प्राप्त गरेका हमालले सन् २०१२ मा पाकिस्तानको लाहोर आर्ट काउन्सिलद्वारा आयोजित ‘डे आफ्टर टुमोरो’ युवा कलाकार प्रदर्शनीमा उत्कृष्ट पुरस्कार प्राप्त गरेका थिए ।
त्यसैगरी, सन् २०१२ मै युनेस्को मदनजीत कला छात्रवृत्ति प्राप्त गरी कला, डिजाइन तथा वास्तुकला अध्ययनमा एमए तहको अध्ययन गर्ने अवसर समेत उनले पाएका छन ।
राजबहादुर शाही को रिर्पोट ‘उहाँ यस क्याराभान रिर्चस मिडिया प्रा लिका अध्यक्ष हुन ।