सुर्खेत —कामकारबाहीलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाही र मन्त्रालयका मन्त्रीहरुसंग कार्यसम्पादन सम्झौता गरेका छन ।
मंगलबार आयोजित कार्यक्रममा कार्यसम्पादन सम्झौता सम्पन्न भएको हो । सम्झौतामार्फत सरकारका निर्धारित लक्ष्य तथा कार्यक्रमलाई समयमै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कार्यसम्पादन सिमित सम्झौतामा मात्र सिमित नहरने र कामकाज लाई थप प्रभावकारी ढंगले अघि बढाइने मुख्यमन्त्री शाहीले बताउनु भएको छ । सम्झौता सिमित कागजमा होइन तोकिएको र निर्धारित समयमा काम पुरा गर्न मन्त्रीसंग कार्यसम्पादनको सम्झोता गरिएको मुख्यमन्त्रीको भनाई छ ।