सुर्खेत —दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । आगामी मंसिर १६ गते देखि सुर्खेतको वीरेन्द्रनगर रङ्गशालामा आयोजित दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताको उदघाटन प्रधानमन्त्री शाहले गर्ने कार्यक्रम तय गरिएको जनाएका छन।प्रतियोगिता बारे जानकारी गराउने उद्देश्यले शनिबार कर्णाली प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा उदघाटन कार्यक्रम र प्रतियोगिताको तयारीबारे जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कानुनमन्त्री सोविता गौतम र महिला, बालबालिकामन्त्री सीता वादी सहभागी थिए । उक्त पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही, सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, बोर्ड सदस्यहरू तथा विभिन्न सरोकारवाला निकायको उपस्थिति थियो ।
प्रतियोगिताका केही खेल औपचारिक उद्घाटनअघि नै सुरु भइसकेका छन् । मंसिर ८ गतेदेखि विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन भइरहेका छन् ।