शनिबार, मंसिर १३, २०८३
शनिबार, मंसिर १३, २०८३
  • होमपेज
  • News
  • राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

  • शुक्रबार, मंसिर १२, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
अ+अ-
काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटका क्रममा सरकार, संसद्, अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको रास्वपाका सभापति लामिछानेले जानकारी दिनुभएको छ ।राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार