काठमाडौं – सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णय बदर गरी पुनर्बहालीको माग गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
सरकारले गत कात्तिक १८ गते कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। अन्तरिम आदेश जारी गर्न अस्वीकार भएसँगै तत्कालका लागि कार्कीको पुनर्बहालीको बाटो रोकिएको छ।