मङ्लबार, मंसिर ९, २०८३
मङ्लबार, मंसिर ९, २०८३
  • होमपेज
  • News
  • आगामी फागुन देखि चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु हुने

आगामी फागुन देखि चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु हुने

  • मङ्लबार, मंसिर ९, २०८३
आगामी फागुन देखि चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु हुने

काठमाडौं – चौथो संस्करणको ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ)’ आगामी २०८३ फागुन २३ गतेदेखि सुरु हुने भएको छ। मंगलबार काठमाडौ भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था ‘रेडचेरी र टिम’ ले ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव महोत्सवको औपचारिक रुपमा घोषणा गरेको छ ।

महोत्सवको शुभारम्भ दैलेख स्थित को गुराँस गाउँपालिकामा आयोजना हुने ‘गुराँस पर्यटन महोत्सव’ सँगै गरिनेछ। त्यसको भोलिपल्ट अर्थात् फागुन २४ गते सुर्खेतको होटल शुभमा ‘कर्णाली पर्यटन चलचित्र संवाद’, विशेष चलचित्र प्रदर्शन तथा ‘कर्णाली हेरौँ, कर्णाली घुमौँ’ शीर्षकको भिडियो प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ। महोत्सवको मुख्य अवार्ड समारोह २०८४ वैशाख ११ गते काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न हुनेछ। यस्तै, सन् २०२७ को मे महिनामा भारतको सिक्किम र सिलिगुडीमा ‘नेपाल–भारत पर्यटन तथा चलचित्र सहकार्य संवाद’ समेत आयोजना गरिनेछ महोत्सव निर्देशक चक्रबहादुर चन्दले बताउनुभयो

कर्णालीलाई चलचित्र पर्यटनको प्रमुख गन्तव्य र छायांकन हबका रूपमा विकास गर्ने लक्ष्यसहित ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ नाराका साथ यो महोत्सव हुन लागेको उनको भनाई छ । महोत्सव मार्फत ‘गन्तव्य कर्णाली’ अभियानसमेत सुरु गरिएको निर्देशक चन्दको भनाई रहेको छ ।कर्णालीका पर्यटकीय, धार्मिक तथा छायांकन स्थललाई देश–विदेशका चलचित्र निर्माता र निर्देशकसमक्ष चिनाउने।

पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको सन्देश दिने चलचित्रलाई विशेष सम्मान तथा प्रोत्साहन गर्ने। स्थानीय कलाकार र चलचित्रकर्मीको पहिचान, गाउँ–गाउँमा नेपाली चलचित्र प्रदर्शन तथा चलचित्र साक्षरता अभियान सञ्चालन गर्ने।
संघीय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय तहको समन्वयमा आयोजना हुने महोत्सवमा स्थानीय कथा, जीवनशैली, भाषा, कला र संस्कृतिको संरक्षणमा विशेष जोड दिइनेछ।
यसपटक पनि चलचित्र पर्यटन र जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकताका साथ अघि बढाइने निर्देशक चन्दले बताए।

कार्यक्रममा किफका सद्भावना दूत एवं अभिनेता प्रदिप खड्काले महोत्सवले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको र पर्यटन तथा चलचित्रलाई सँगै अघि बढाउन सधैँ अग्रपङ्क्तिमा रहने विश्वास व्यक्त गरेका छन ।अभिनेता तथा निर्देशक दिपकराज गिरीले कर्णालीको सौन्दर्यले आफूलाई सधैँ आकर्षित गर्ने गरेको बताउँदै आगामी दिनमा आफ्नो चलचित्र कर्णालीमै छायांकन गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नु भएको छ । चलचित्र छायाकनको लागि कर्णाली यसै सुन्दर गिरीको भनाई छ ।

घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, वरिष्ठ अभिनेत्री रेखा थापा, निर्माता–निर्देशक आकाश अधिकारी, सन्तोष सेन, प्रेम पुरी, लेखक–निर्देशक रामशरण पाठक तथा कलाकार एवं युवा नेता हिमेश पन्त लगायतको सहभागीता रहेको आयोजकले जनाएको छ । घोषणा कार्यक्रममा सहभागी प्रमुख अतिथिहरुले चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रति प्रतिबद्धता जनाएका छन ।

चर्चामा

सम्बन्धित समाचार