शनिबार, मंसिर १३, २०८३
शनिबार, मंसिर १३, २०८३
  • होमपेज
  • News
  • कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाही हातमा कुचो बोकेर सरसफाई अभियानमा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाही हातमा कुचो बोकेर सरसफाई अभियानमा

  • शनिबार, मंसिर १३, २०८३
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाही हातमा कुचो बोकेर सरसफाई अभियानमा

सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही शनिबार बिहान हातमा कुचो बोकेर सरसफाइ अभियानमा सहभागी भएका छन्। प्रदेश राजधानी वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यसहित आयोजित अभियानमा मुख्यमन्त्री शाही आफैँ सडकमा निस्किएर सरसफाइमा जुटेका हुन्। मुख्यमन्त्री शाही संगै समाजिक बिकास मन्त्री जीतबहादुर मल्ल पनि उक्त अभियान सरिक भएका छन ।

‘शैक्षिक, प्रशासनिक र स्वच्छ स्वस्थ सुन्दर वीरेन्द्रनगर’ भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियानमा मुख्यमन्त्री शाहीसँगै विभिन्न सरोकारवाला निकाय, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। बिहानैदेखि सुरु भएको अभियानमा सहभागीहरूले हातमा कुचो, झाडु र सरसफाइका सामग्री बोकेर सार्वजनिक स्थल, सडक तथा आसपासका क्षेत्रमा सरसफाइमा सहभागी भएका छन ।

सामान्यतया नीति निर्माण, प्रशासनिक कामकाज र औपचारिक कार्यक्रममै व्यस्त रहने प्रदेश सरकारका मुख्यमन्त्री आफैँ कुचो बोकेर सरसफाइमा उत्रिनुले अभियानलाई थप अर्थपूर्ण बनाएको छ। नेतृत्व तहमा रहेका व्यक्तिले आफैँ उदाहरण प्रस्तुत गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

वीरेन्द्रनगर कर्णाली प्रदेशको प्रशासनिक तथा राजनीतिक केन्द्र मात्र होइन, समग्र प्रदेशको पहिचान र प्रतिष्ठासँग जोडिएको सहर पनि हो। प्रदेशका विभिन्न जिल्लाबाट दैनिक सयौँ मानिस विभिन्न कामका लागि वीरेन्द्रनगर पुग्ने गर्छन्। यस्तो अवस्थामा राजधानी सहरको सरसफाइ, वातावरणीय स्वच्छता र व्यवस्थित सहरी विकासलाई प्राथमिकतामा राख्नु आवश्यक रहेको मुख्यमन्त्रीको भनाई छ ।

बढ्दो सहरीकरणसँगै वीरेन्द्रनगरमा फोहोर व्यवस्थापन, सार्वजनिक स्थलको संरक्षण, सडक तथा नालीको सरसफाइ र वातावरण प्रदूषणजस्ता चुनौती पनि थपिँदै गएका छन्। यी चुनौतीको समाधान केवल सरकारी प्रयासबाट सम्भव छैन। त्यसका लागि स्थानीय तह, प्रदेश सरकार, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकबीच सहकार्य आवश्यक हुन्छ।

मुख्यमन्त्री शाहीको सहभागितामा सञ्चालन भएको सरसफाइ अभियानले यही सामूहिक जिम्मेवारीको सन्देश दिएको छ। सहर सफा राख्ने जिम्मेवारी कुनै एक निकायको मात्र नभई प्रत्येक नागरिकको साझा दायित्व भएको अभियानले स्मरण गराएको छ।

सरसफाइ अभियानलाई एकदिने औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित नगरी नियमित र दिगो अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ। सडक सफा गरेर मात्रै स्वच्छ सहर निर्माण हुँदैन, नागरिकको व्यवहार र सोचमा समेत परिवर्तन आउन जरुरी छ। जथाभावी फोहोर नफाल्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, फोहोरलाई उचित व्यवस्थापन गर्ने र वातावरणमैत्री जीवनशैली अपनाउने संस्कार विकास गर्न सके मात्रै स्वच्छ सहरको परिकल्पना साकार हुन सक्छ।  PHOTO Santosh kumar malla 

 

चर्चामा

सम्बन्धित समाचार