काठमाडौ —हनुमानढोका क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका निम्ति खुला भएपपछि भक्तजन लाइनमा बसेका छन् । आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म पूजा र दर्शनको व्यवस्था मिलाइएको छ ।
यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिन्छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुला गरिने तलेजु भवानी मन्दिरमा दर्शन तथा पुजाको लागि भक्तजनको लाइन लाग्ने गरेको छ ।