आइतवार, कार्तिक २, २०८३
आइतवार, कार्तिक २, २०८३
  • होमपेज
  • राजनीति
  • यसपालिको कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान कार्यक्रम नगर्ने

यसपालिको कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान कार्यक्रम नगर्ने

  • आइतवार, कार्तिक २, २०८३
यसपालिको कोजाग्रत पूर्णिमामा कांग्रेसले चियापान कार्यक्रम नगर्ने

काठमाडौँ — नेपाली कांग्रेसले यस वर्षको कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा ‘चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ। देशमा भर्खरै आएको प्राकृतिक विपत्ति र जनधनको ठूलो क्षतिका कारण पार्टीले शोकको यस घडीमा चियापान कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।  बिपी कोइराला वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमाका दिन आपसी सौहार्दता अभिवृद्धि र शुभकामना आदान–प्रदान गर्ने उद्देश्यले पहिलोपटक ‘चियापान समारोह’ सुरु गर्नुभएको थियो।

त्यसयता विशेष परिस्थितिका कारण कुनै–कुनै वर्ष बाहेक नेपाली कांग्रेसले हरेक वर्ष सोही तिथिमा निरन्तर रूपमा यो कार्यक्रम आयोजना गर्दै आएको छ। तर, यस वर्ष देश गम्भीर शोकको सामना गरिरहेकाले चियापान स्थगन गरेको छ । रसुवा भोटेकोशी, बुढीगढडकीले धन जनको ठूलो क्षेति पु¥याएको हुदा त्यसलाई मध्येनजर शोको घडीमा कांग्रेसले चियापान कार्यक्रम नगर्ने जनाएको छ ।

शोकको यो कठिन घडीमा आउँदै गरेका चाडपर्वहरू भड्किलो र तडकभडकपूर्ण तरिकाले नमनाउन पार्टीका सभापति गगन कुमार थापाले आग्रह गर्नुभएको छ।
उहाँले सम्पूर्ण नागरिक तथा पार्टी कार्यकर्ताहरूलाई शान्त र संयमित भई परिवारमै सीमित रहेर चाडपर्व मनाउन अपिल गर्नुभएको छ।

चर्चामा

सम्बन्धित समाचार