मुगु —संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलसँग मुगुका एमाले युवा नेता राजु कार्कीले ताल्चा विमानस्थलमा भेट गरेका छन । पर्यटकिय स्थल रारा भ्रमण पुग्नुभएका मन्त्री पौडेलसँग नेता कार्कीले बिमानस्थलमा भेटेर राराको पर्यटन प्रवद्र्धन र हवाई सेवाको स्तरोन्नति बारे मन्त्रीको ध्यानकर्षण गराएका छन ।
भेट बारे सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै नेता कार्कीले मन्त्रीज्यूको व्यस्त यात्रा तालिकाका बाबजुद पनि मुगुको पर्यटकीय विकास र स्थानीय समस्याका विषयमा गहन विचार आदानप्रदान भएको उल्लेख गर्नु भएको छ ।
त्यसै गरि कार्कीले रारा क्षेत्रको पर्यटन प्रवद्र्धनः विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य राराको प्रचारप्रसार र दीर्घकालीन विकास रणनीति ताल्चा विमानस्थलको पूर्वाधार स्तरोन्नतिः मुगु जोड्ने मुख्य हवाई मार्गका रूपमा रहेको ताल्चा विमानस्थलको भौतिक पूर्वाधार सुधार र आधुनिकरण बारे मन्त्रीज्यूको ध्यानकर्षण गराइयो ।
नियमित हवाई सेवाको सुनिश्चितताः यात्रु तथा पर्यटकहरूको सहजताका लागि नियमित र भरपर्दो उडानको व्यवस्था मिलाउन मन्त्रीसंग छलफल भएको नेता कार्कीले बताउनु भयो ।