काठमाडौ —नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान गरिदै छ ।मतपत्र छपाइमा ढिलाइ भएपछि हिजो बाट गरिने मतदान आज बिहान ७ बजे बाट सुरु कांगे्रस निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्।
मतदानका लागि राष्ट्रिय सभा गृह र खुलामञ्च परिसरमा व्यवस्था मिलाइएको छ। प्रतिनिधिहरूको प्रदेश, समूह तथा संस्थाअनुसार छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ। राष्ट्रिय सभा गृह र खुलामञ्च परिसरका विभिन्न हलमा मतदानको व्यवस्था गरिएको भएको छ । मतदानका लागि प्रतिनिधिहरु बिहानै देखि लाइनमा बस्न सुरु गरेका छन ।