बिहिबार, कार्तिक ६, २०८३
बिहिबार, कार्तिक ६, २०८३
  • होमपेज
  • समाज
  • दसैं टिका जमरा कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिन सकिने

दसैं टिका जमरा कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिन सकिने

  • बिहिबार, कार्तिक ६, २०८३
दसैं टिका जमरा कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट आशीर्वाद लिन सकिने

काठमाडौ —बडादसैको अवसरमा हिजो शुभसाइतमा मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिएको छ । शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा लगाएर हर्षोल्लासका साथ दसैँ मनाइएको छ ।

आश्विन शुक्ल दशमीका दिन नवदुर्गाको पूजा–आराधना गरी देवी विसर्जन गरेपछि सुरु हुने टीका र आशीर्वाद ग्रहण गर्ने क्रम निरन्तर चलिरहन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमीका दिन टीका लगाउन छुटेका वा टाढा रहेका आफन्त तथा मान्यजनकहाँ गएर कोजाग्रत पूर्णिमासम्म टीका र आशीर्वाद ग्रहण गर्न सकिने व्यवस्था गरिएको छ ।
गाउँमा दशैँ
नेपालीहरूको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड दशैँको वास्तविक र जीवन्त रौनक शहरमा भन्दा गाउँघरमा नै बढी देखिएको छ । गाउँको दशैँ केवल एउटा सांस्कृतिक चाड मात्र होइन, यो सम्पूर्ण समाजलाई एकताको सूत्रमा बाँध्ने, सम्बन्धहरूलाई बलियो र प्रकृतिसँग रमाउने एउटा विशेष पर्वको रुपमा लिने गरेका छन ।

 

गाउँमा दशैँको आगमनसँगै मौसमले पनि सुन्दर रूप फेर्छ। वर्षा ऋतु सकिएर शरद ऋतुको आगमन भइसकेको हुन्छ। नीलो आकाश, सिरसिर चल्ने चिसो हावा र खेतभरी पहेंलपुर भएर झुलिरहेका धानका बालाहरूले गाउँको वातावरणलाई अझ मनमोहक बनाएको छ । यति बेला मौसम पनि सफा भएको हुदा दसैं झन रमाइलो भएको छ ।

दशैँ आउनुअघि नै गाउँलेहरू खेतीपाती अन्नबाली भित्रयाउने काममा व्यस्त छन ।
धान, कोदो, कागुनो, चिनो, सिमि मास काट्दै दसैमा रमाइरहेका छन ।
दशैँको स्वागतका लागि गाउँका घर–घरमा रातो र सेतो माटो तथा गोबरले पोतेर चिटिक्क देखिन्छ । आजकल आधुनिक रङको प्रयोग बढे पनि परम्परागत माटोले पोतिएका घरहरूको सुगन्धले अर्कै आनन्द दिन्छ। घर–आँगन सफा गरेपछि सिङ्गो गाउँबस्ती नै दसैमा रमाएका छन । शहर भन्दा दसैंमा गाउ“का घर चिटिक्क देखिने गरेका छन ।

दशैँको अर्को सबैभन्दा सुन्दर पक्ष भनेको शहर तथा विदेशमा रहेका आफन्तहरूको गाउँ फिर्ता हुनु हो। रोजगारी, अध्ययन वा व्यापारका सिलसिलामा शहर पुगेका मानिसहरू दशैँ मनाउन गाउँ पुगेका छन । वर्षभरि सुनसान जस्तै देखिने गाउँका बाटाहरू र घरहरू शहरबाट मानिसहरू फर्किएपछि एकाएक रमाइलो भएका छन ।

लामो समयपछि आफ्ना छोराछोरी, नातिनातिना र आफन्तलाई भेट्न पाउँदा बुबाआमा र बाजेबज्यैको अनुहारमा खुसी छाएको छ ।
गाउँका चौतारा, धारा र देउरालीहरूमा पुराना साथीभाइहरूको जमघट भएर रमाइरहेका छन ।बाल्यकालका यादहरू ताजा गर्दै हाँसो–ठट्टा र अनुभव साटासाट गर्दा गाउँको माहौल निकै आत्मीय र उत्सवमय बनेको छ । दसैको अवसरमा स्थानीय युवा क्लवहरुले बिभिन्न खेलकुदमा आयोजना गरि थप रमाइलो गर्ने गरेका छन ।

 

 

 

चर्चामा

सम्बन्धित समाचार