काठमाडौ —मुगु र छिमेकी जिल्ला हुम्लाका विभिन्न स्थानमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगुको रुघा र सोरु गाउँपालिकाको नाथपुर्कामा रहेका नेपाल टेलिकमका टावरमा रहेको ‘लिङ्क डिभाइस’मा प्राविधिक समस्या आएपछि दुवै जिल्लाको सञ्चार सेवा प्रभावित हुदा तिहार पर्वको बेला स्थानीयलाई सास्ती भएको छ ।
गत एक सातादेखि ४जी (४न्) टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने नेपाल टेलिकमले जनाएको छ । टावरमा जोडिएको लिङ्क डिभाइसमा खराबी आएकाले सेवा अवरुद्ध भएको नेपाल टेलिकम मुगुका प्रमुख उमेश चौधरीको भनाई छ ।
दशैँको बिदाका घर फर्किएका कर्मचारी, बिधार्थी, ब्यापारी स्थानीय बाहिर कुराकनी सास्ती भएको छ । नत फोरजी चल्छ नत त मोवाइल नेटवर्कले काम गर्छ मुगु सोरु गाउपालिका —४ का प्रेमबहादुर शाहीले भने चाड पर्वको बेला मा्ेवाइल नेटवकै नचल्दा निकै सास्ती खेप्नु गरेको छ । उनले भने फोरजी सेवा नचल्दा समाजिक सञ्जाल हेर्न बाट बञ्चित भयौ ।
टावरमा आएको खराबीका कारण मुगुको सोरु गाउँपालिकाका साथै हुम्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली ँपालिकाका गाउ बस्तीमा सञ्चार सेवा पूर्ण रूपमा प्रभावित बनेको छ । सञ्चार सेवा अबरुद्ध भएपछि स्थानीयलाई निकै कठिनाई भएको छ ।
दसैं तिहार जस्ता प्रमुख चाड पर्वको बेला मोवाइल नेटवर्कले काम नगर्दा समस्या भएको सोरु गाउपालिकाका नेबिसंघका नेता सोबिन्द्र मल्लले बताए । उनका अनुसार पहिले घर भित्र पनि मोवाइल नेटवर्कले काम गर्थे अहिले बाहिर अग्लो स्थानमा गएपनि काम गर्दैन । अबरुद्ध मोवाइल नेटवर्क सुचारुको लागि सरकार ध्यान केन्द्रीत होस ।।