शनिबार, कार्तिक २९, २०८३
शनिबार, कार्तिक २९, २०८३
  • होमपेज
  • News
  • परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग भेटवार्ता

  • शुक्रबार, कार्तिक २८, २०८३
परराष्ट्रमन्त्री खनाल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग भेटवार्ता

काठमाडौ —परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कोप ३१ को सन्दर्भमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग खनालको भेटवार्ता भएको हो ।भेटवार्तामा, परराष्ट्रमन्त्री खनालले हालै जलवायुजन्य कारणले भोटेकोशीमा आएको बाढीपछि महासचिवले व्यक्त गर्नुभएको सहानुभूति र ऐक्यबद्धताप्रति गहिरो आभार प्रकट गर्नुृ भएको छ । खनाले संयुक्त राष्ट्रसंघमा महासचिवको दृढ नेतृत्व तथा बहुपक्षीयता, विश्व शान्ति, मानवीय मर्यादा र दिगो विकासलाई अघि बढाउने उहाँको बलियो प्रतिबद्धताको प्रशंसा गर्नुभयो।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले राष्ट्रसंघीय शान्ति मिसनहरूमा सेना र प्रहरी उपलब्ध गराउने प्रमुख मुलुकका रूपमा विश्व शान्ति र स्थिरताका लागि नेपालले पु¥याएको महत्वपूर्ण योगदानको सराहना गर्नुभयो।
उहाँहरूबीच नेपालको पुनरुत्थान तथा पुनर्निर्माणका प्रयासहरू, विश्वव्यापी शासन प्रणालीमा सुधारको अपरिहार्यता, बहु–प्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तको विस्तार र जलवायु कार्य लगायत क्षेत्रीय तथा विश्वव्यापी महत्वका विषयहरूमा पनि विचार आदान–प्रदान गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार