काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले हालसम्म देशका ४३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको जानकारी दिएको छ । पक्षको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता एगराज पोखरेलका अनुसार थप ६ जिल्लामा अधिवेशनको उद्घाटन भई प्रक्रिया अघि बढिसकेको छ । संयोजक पोखरेलले दिएको जानकारीअनुसार हालसम्म १३४ वटा निर्वाचन क्षेत्रमा समेत अधिवेशन सम्पन्न भइसकेको छ ।
यसैबीच, मंसिर ४ गतेका लागि तय गरिएको प्रदेश अधिवेशनको मिति भने केही दिन पर सर्ने भएको छ । मंसिर ४ गते हरिबोधिनी एकादशी परेकाले प्रदेश समितिहरूलाई आफ्नो अनुकूलता हेरेर अधिवेशन गर्न जानकारी गराइएको संयोजक पोखरेलले बताए । देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा पार्टीको १५औँ महाधिवेशन गर्ने घोषणा गरिसकेको छ