काठमाडौ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुने छ । ् आज विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
विराटनगर र पोखराबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । जारी लिगमा पाँच खेल खेलेको विराटनगर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । समान खेल खेलेको पोखरा २ अंकका साथ अन्तिममा छ ।यसैबीच, कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ ।