मङ्लबार, कार्तिक २५, २०८३
मङ्लबार, कार्तिक २५, २०८३
  • होमपेज
  • News
  • चाडपर्वले सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउँछन्, प्रधानमन्त्री शाह

चाडपर्वले सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउँछन्, प्रधानमन्त्री शाह

  • मङ्लबार, कार्तिक २५, २०८३
चाडपर्वले सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउँछन्, प्रधानमन्त्री शाह

काठमाडौ —प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपाली मौलिक चाडपर्वहरूले समाजमा आपसी सद्भाव, सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना), म्ह पूजा, गोवर्धन पूजा तथा तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस्ता पर्वहरूले आपसी रिसराग र वैमनस्यता भुलेर सामाजिक एकता कायम गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त बनाएर सुरु गरेको नेपाल संवत् नेपाली मौलिक समयचक्र र राष्ट्रिय पहिचानको प्रतीक भएको उल्लेख गरेका छन ।

म्ह पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्वबारे चर्चा गर्दै उनले आफ्नै शरीर र चेतनालाई साक्षी राखेर गरिने यस पूजाले आत्मशुद्धि, आत्मबोध र आत्मबलको सन्देश दिने बताएका छन्। ््
यस परम्पराले नेवार समुदायको आपसी सद्भाव, जातीय एकता र पुख्र्यौली संस्कृतिको संरक्षणमा योगदान पु¥याउँदै आएको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नु भएको छ

त्यसैगरी, गोवर्धन पूजाका अवसरमा भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीको रक्षा गरेको पौराणिक मान्यताको स्मरण गर्दै कृषि कर्ममा सहयोग गर्ने गोरु तथा कृषि औजारहरूको पूजा गर्ने परम्पराले कृषि संस्कृतिको महत्व उजागर गर्ने प्रधानमन्त्रीको भनाई छ ।प्रधानमन्त्री शाहले तिहारका अवसरमा गुञ्जिने भैलो र देउसीका भाकाले छरछिमेकमा आत्मीयता, सद्भाव र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार