सोमवार, कार्तिक २४, २०८३
सोमवार, कार्तिक २४, २०८३
  • होमपेज
  • News
  • गाईपूजाले कृतज्ञता सहअस्तित्व र संरक्षणको सांस्कृतिक चेतना दिन्छ, ओली

गाईपूजाले कृतज्ञता सहअस्तित्व र संरक्षणको सांस्कृतिक चेतना दिन्छ, ओली

  • सोमवार, कार्तिक २४, २०८३
गाईपूजाले कृतज्ञता सहअस्तित्व र संरक्षणको सांस्कृतिक चेतना दिन्छ, ओली

काठमाडौ —नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गाईपूजा र तिहारको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । वैदिक परम्परादेखि नेपाली लोकजीवनसम्म गाईलाई मातृत्व, करुणा, पोषण र समृद्धिको प्रतीकका रूपमा श्रद्धा गरिँदै आएको स्मरण गराउँदै ओलीले गाईपूजा मानव र प्राणी जगतबीचको सहअस्तित्वलाई आत्मसात् गर्ने एक महत्त्वपूर्ण सांस्कृतिक अनुष्ठान भएको बताउनु भएको छ।

शुभकामना सन्देश व्यक्त गर्दै ओलीले भन्नुभयो, “गाईपूजामा धार्मिक आस्था मात्र होइन, जीव र प्रकृतिसँगको हाम्रो आत्मीय सम्बन्ध, ऋतुसँगै विकसित जीवनपद्धति र पुस्तौँदेखि हस्तान्तरित सभ्यताको स्मृति पनि अन्तर्निहित छ।“ गाईपूजाले समाजमा कृतज्ञता, सहअस्तित्व र संरक्षणको गहिरो सांस्कृतिक चेतना प्रवाह गर्ने उल्लेख गर्दै उहाँले हाम्रा यस्ता मौलिक पर्वहरूले प्रकृति र मानव जातिबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

चर्चामा

सम्बन्धित समाचार