काठमाडौ —नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पैसामा पार्टी बेच्नेले कांग्रेस जोगाउन नसक्ने आरोप लगाएका छन । देउवाले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै पैसामा पार्टी बेच्नेले कांग्रेस जोगाउन नसक्ने टिप्पणी गरे । कांग्रेसको राजनीतिक मूल्य, सिद्धान्त र पहिचान पैसासँग साट्न नसकिने देउवाको भनाई छ ।
शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको १५औँ अधिवेशनलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोगको निर्णय प्रक्रिया माथि प्रश्न उठाउँदै आर्थिक प्रभावमा पार्टीको आधिकारिकता सम्बन्धी निर्णय भएको दाबी गरेका हुन् ।
उनले निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिइएको र त्यसपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताए । एक व्यक्तिले १८ करोड रुपैयाँ दिएको भन्ने अभिव्यक्ति समेत सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै देउवाले पैसाको बलमा पार्टीको आधिकारिकता प्रभावित पार्ने प्रयास भएको देउवाले आरोप लगाए ।
पार्टीको आधिकारिकता सम्बन्धी विवादमा अदालतबाट न्यायपूर्ण निर्णय आउने देउवाले विश्वास व्यक्त गरेका छन ।