शुक्रबार, कार्तिक २१, २०८३
शुक्रबार, कार्तिक २१, २०८३
  • होमपेज
  • News
  • खेलप्रेमी हिमग्याप लामाले भने खेलक्षेत्रमा नेपालको भविष्य राम्रो छ,

खेलप्रेमी हिमग्याप लामाले भने खेलक्षेत्रमा नेपालको भविष्य राम्रो छ,

  • शुक्रबार, कार्तिक २१, २०८३
खेलप्रेमी हिमग्याप लामाले भने खेलक्षेत्रमा नेपालको भविष्य राम्रो छ,

काठमाडौ — कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान । मैदानभित्र ब्याट र बलबीचको रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको छ । दर्शकदीर्घामा समर्थकहरूको हुटिङ, ताली र उत्साहले वातावरण गुञ्जायमान छ । कसैले आफ्नो मनपर्ने टोलीको जितका लागि प्रार्थना गरिरहेको छ भने कसैले खेलाडीको उत्कृष्ट प्रदर्शनमा खुसी साटिरहेको छ । यही भीडभित्र एक जना यस्ता दर्शक पनि छन्, जसका लागि क्रिकेट केवल खेल हेर्ने माध्यम होइन, जीवनसँग जोडिएको एउटा गहिरो प्रेम हो । ती हुन् मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ का ५३ वर्षीय हिमग्याप लामा ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सुरु भएदेखि नै लामा नियमित रूपमा त्रिवि क्रिकेट मैदान पुगिरहेका हुन्छन । खेल सुरु हुने समयसँगै उनको मनमा पनि उत्साहको नयाँ तरङ्ग पैदा हुन्छ । मैदानमा खेलाडीले ब्याट घुमाउँदा उनको ध्यान बलमा केन्द्रित हुन्छ, बल बाउन्ड्री पार गर्दा उनको अनुहारमा खुसी छाउँछ र विकेट झर्दा उनी पनि दर्शकसँगै खुशी उफ्रिने गरेका छन ।
उनको लागि क्रिकेट मनोरञ्जन मात्रै होइन, खेल संस्कृतिसँग जोडिने एउटा अवसर पनि हो । ‘म एनपीएल सुरु भएदेखि नै खेल हेर्न आइरहेको छु । त्रिवि क्रिकेट मैदानमा खेल एकदमै राम्रो भइरहेको छ । खेलप्रति दर्शकको हर्ष र उत्साह देख्दा निकै खुसी लाग्छ,’ लामाले सुनाए ।

खेलप्रतिको उनको मोह उमेरसँगै घटेको छैन, बरु झन् गहिरिँदै गएको छ । खेलको रोमाञ्चलाई नजिकबाट अनुभूत गर्न उनी मैदानमा पुग्छन् । मोबाइल हातमा लिएर कहिले तस्बिर खिच्छन्, कहिले भिडियो बनाउँछन् त कहिले टिकटकमार्फत खेलको माहोललाई कैद गर्न ब्यस्त हुने गरेका छन ।

उनका लागि मैदानमा बिताएको प्रत्येक क्षण सम्झनलायक हुन्छ । खेलको एउटा आकर्षक दृश्य, दर्शकको हुटिङ, खेलाडीको प्रदर्शन र समर्थकहरूको उत्साहलाई उनी आफ्नो मोबाइलमा सुरक्षित राख्न चाहन्छन् । यसरी उनी केवल दर्शक भएर बस्दैनन्, खेलको माहोललाई सामाजिक सञ्जालमार्फत अरूसँग बाँड्ने काम समेत गरि रहेका छनमैदानमा साथीहरूसँगै बसेर खेल हेर्दा उनी क्रिकेटका विषयमा विभिन्न प्रश्नसमेत गर्छन् । खेल कसरी अघि बढिरहेको छ, खेलाडीको प्रदर्शन कस्तो छ र टोलीको सम्भावना कति छ भन्ने विषयमा उनको चासो देखिन्छ ।

बाल्यकालदेखिकै खेलप्रेम
हिमग्याप लामाको खेलप्रतिको आकर्षण आजको होइन । विद्यार्थी जीवनको कलिलो उमेरदेखि नै उनलाई खेलकुदप्रति विशेष रुचि थियो । समय परिवर्तन भयो, जीवनका जिम्मेवारी थपिए, अध्ययन र विभिन्न अनुभवले उनको जीवनलाई फरक दिशातर्फ डो¥याए । तर खेलप्रतिको प्रेम भने कहिल्यै ओझेलमा परेन ।

क्रिकेट र फुटबल उनका सबैभन्दा प्रिय खेल हुन् । एउटा खेलमा ब्याट र बलको प्रतिस्पर्धा हुन्छ भने अर्कोमा खुट्टाको सीप, गति र सामूहिक रणनीतिको प्रदर्शन । खेलको स्वरूप फरक भए पनि दुवैमा उनी उत्तिकै रमाउँछन् ।नेपालको सन्दर्भमा क्रिकेट र फुटबलको भविष्य एकदमै राम्रो छ । नेपाली खेलाडीमा क्षमता छ । अवसर र प्रोत्साहन पाउने हो भने अन्तर्राष्ट्रिय स्तरमा अझ राम्रो प्रदर्शन गर्न सक्छन्,’ उनको धारणा छ ।

लामाको विचारमा नेपाली खेलकुदको विकासका लागि प्रतिभा भएर मात्रै पुग्दैन, प्रतिभालाई चिन्ने र प्रोत्साहन गर्ने वातावरण पनि आवश्यक छ । खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने अवसर पाउनुपर्छ । उनीहरूलाई सम्मान, प्रोत्साहन र उचित स्थान दिन सकियो भने खेलकुद क्षेत्रले अझ उचाइ प्राप्त गर्न सक्छ ।संघसंस्था र सरकारले पनि खेलाडीलाई मानसम्मान गर्नुपर्छ । खेलप्रेमी र खेलाडीलाई जति सम्मान ग¥यो, त्यति नै उनीहरूको आत्मबल बढ्छ । आत्मविश्वास बढेपछि खेल क्षेत्रमा राम्रो परिणाम आउँछ,’ लामा बताउछन ।

रोनाल्डो र मेस्सीका प्रशंसक
क्रिकेटप्रतिको मोहले लामालाई त्रिवि क्रिकेट मैदानसम्म पु¥याएको छ भने फुटबलप्रतिको आकर्षणले विश्वका ठूला खेलमञ्चसम्म डो¥याएको छ । विश्व फुटबलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी उनका प्रिय खेलाडी हुन् ।‘मलाई रोनाल्डो र मेस्सी साह्रै मन पर्छ,’ उनी मुस्कुराउँदै भन्छन् ।

सन् २०२६ को फिफा विश्वकप हेर्न नेपाली झण्डा बोकेर अमेरिका पुगेको अनुभव पनि लामासँग जोडिएको छ । नेपाली झण्डा बोकेर अन्तर्राष्ट्रिय खेलमञ्चमा पुग्नु उनका लागि व्यक्तिगत मात्रै थिएन, आफ्नो देशप्रतिको माया र पहिचान प्रस्तुत गर्ने अवसर पनि थियो ।

२५ देशको भ्रमण,
खेलप्रतिको रुचिले लामाको यात्रा नेपालको सीमाभित्र मात्रै सीमित राखेन । खेलकुदकै सिलसिलामा उनले अमेरिका, भारत, चीन, इन्डोनेसिया, अफ्रिका, क्यानडालगायत करिब २५ देशको भ्रमण गरिसकेका छन् ।विभिन्न देशका खेलमैदान, दर्शकको उत्साह र खेलप्रतिको संस्कृतिलाई नजिकबाट नियाल्ने अवसर उनले पाएका छन् । कतै फुटबलको क्रेज देखेका छन् भने कतै क्रिकेटको लोकप्रियता । खेलका माध्यमबाट विभिन्न देशका मानिससँग जोडिने र उनीहरूको संस्कृतिबारे बुझ्ने अवसर पनि उनले पाएका छन् ।

अध्ययन, पाइलट फिल्मी क्षेत्रको अनुभव
लामाको व्यक्तित्व खेलकुदमा मात्रै सीमित छैन । उनको शैक्षिक तथा व्यावसायिक यात्रा पनि विविधताले भरिएको छ । काठमाडौंको त्रिचन्द्र क्याम्पस तथा भारतबाट स्नातक तहको अध्ययन पूरा गरेका उनले अमेरिकामा पाइलटसम्बन्धी अध्ययनसमेत पूरा गरेका छन् ।अध्ययन र अनुभवको फराकिलो दायराले उनको सोच र दृष्टिकोणलाई फराकिलो बनाएको छ । खेलकुदसँगै फिल्मी क्षेत्रमा पनि उनको रुचि र दक्षता रहेको छ । विभिन्न क्षेत्रप्रतिको यही आकर्षणले उनको जीवनलाई बहुआयामिक बनाएको देखिन्छ ।

एनपीएलपछि पनि रोकिने छैन
त्रिवि क्रिकेट मैदानमा एनपीएलका खेलहरू हेर्दै रमाइरहेका लामाको खेलयात्रा यतिमै समाप्त हुने छैन । एनपीएल सकिएपछि पनि उनी विभिन्न स्थानमा आयोजना हुने खेल प्रतियोगिता हेर्न जाने योजनामा छन् ।धरान, झापा र सुर्खेत पुगेर खेल हेर्ने उनको योजना छ । एउटा प्रतियोगिता सकिएपछि अर्को प्रतियोगिताको प्रतीक्षा गर्ने उनको बानी बनिसकेको छ । खेल जहाँ हुन्छ, त्यहाँ पुगेर खेलको माहोल अनुभूत गर्ने चाहना उनको मनमा छ

खेलप्रतिको यही निरन्तरता नै उनको जीवनको एउटा विशेष परिचय बनेको छ ।उनको नजरमा खेलकुद केवल जित र हारको विषय होइन । यसले अनुशासन सिकाउँछ, मेहनत गर्न प्रेरित गर्छ, सामूहिक भावना विकास गर्छ र देशलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउँछ ।
नेपालमा क्रिकेट र फुटबलको लोकप्रियता बढ्दै गएको अवस्थामा खेलकुदलाई अझ व्यवस्थित बनाउनु आवश्यक रहेको उनको धारणा छ । प्रतिभावान् खेलाडीलाई पहिचान गर्ने, उनीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउने, खेल पूर्वाधार विस्तार गर्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने अवसर बढाउनेतर्फ राज्य तथा सम्बन्धित संस्थाले ध्यान दिनुपर्ने उनको धारणा छ । राजबहादुर शाहीको रिर्पोट । 

चर्चामा

सम्बन्धित समाचार