बुधबार, कार्तिक १९, २०८३
बुधबार, कार्तिक १९, २०८३
  • होमपेज
  • News
  • आईजीपी परिवर्तनबारे अध्यक्ष ओलीको टिप्पणी अह्राएको काम गराउन बनाएको होला

आईजीपी परिवर्तनबारे अध्यक्ष ओलीको टिप्पणी अह्राएको काम गराउन बनाएको होला

  • बुधबार, कार्तिक १९, २०८३
आईजीपी परिवर्तनबारे अध्यक्ष ओलीको टिप्पणी अह्राएको काम गराउन बनाएको होला

काठमाडौ —नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने सरकारको निर्णयप्रति व्टिप्पणी गरेका छन्। सरकारले आफूले अह्राएको काम गराउनकै लागि नयाँ आईजीपी नियुक्त गरेको हुन सक्ने उनको भनाइ छ।

बुधबार पार्टी मुख्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सरकारको आईजीपी परिवर्तन गर्ने निर्णयबारे राखेको जिज्ञासामा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘उहाँहरूले अह्राएको काम गर्छन् भनेर बनाएको होला।’

सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। कार्कीको स्थानमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार