मङ्लबार, कार्तिक १८, २०८३
मङ्लबार, कार्तिक १८, २०८३
  • होमपेज
  • News
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरु

  • मङ्लबार, कार्तिक १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरु

काठमाडौं– मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गर्नु भएको हो ।
प्रमुख निर्णण्हरु
१ एसियाली विकास बैंक (एडिबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।

२ नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको तर्फबाट थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने।

३ न्यानो फर्टिलाइजर, बायो–स्टिमुल्यान्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र मल नियन्त्रण आदेश स्वीकृत गर्ने।

४ टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन (ऋइए) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने।

५ मोही लागेको जग्गाको जग्गाधनी र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिने तथा टुंगो लगाउने म्याद क्रमशः २०८५ कात्तिक र २०८६ असारसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने।

६ प्रेस काउन्सिल नेपाल २०४७ लाई संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

चर्चामा

सम्बन्धित समाचार