काठमाडौ —पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देश ठूलो संकटतर्फ उन्मुख हुँदै गएको उल्लेख गरेका छन । भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको अन्तरसंघर्ष र राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तताले गर्दा देश ठूलो संकट उन्मुख भइरहेको बताएका छन ।
डा भट्टराईले सामाजिक सञ्जालमा सत्ताधारी तथा प्रतिपक्षी दलभित्र चर्कंदो अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तता तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्राले देशको अवस्था गम्भीर भएको टिप्पणी गरेका छन ।
डा बाबुराम भट्टराईले यस्तो छ लेखेको