काठमाडौ— प्रधानाध्यापक संघ नेपाल पानले यस वर्षको प्रतिष्ठित ’उत्कृष्ट प्रधानध्यापक पुरस्कार’ मुगु महाकाली नमुना उच्च माध्यमिक बिद्यालयमा कार्यरत प्रधानध्यापक खड्ग रोकायालाई प्रदान गर्ने निर्णय गरेको छ।शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने कर्णाली क्षेत्रको मुगुबाट प्रधानध्यापक रोकायालाई उक्त पुरस्कार प्रदान गरिने जानकारी गराएको छ ।
प्रधानाध्यापक संघ नेपाल पानका केन्द्रीय अध्यक्ष सुदाम गौतमले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका तथा शिक्षाको गुणस्तरलाई प्रभावकारी रूपमा अघि बढाएका कारण प्रधानाध्यापक रोकायालाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताउनु भयो ।
प्रधानध्यापक संघ पानले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलनका अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुरज्ञ्याउने विद्यालय, प्रधानाध्यापक, स्थानीय सरकार, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व तथा सञ्चारकर्मीहरुलाई विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।
संघले यो वर्ष ५ वटा विधामा अवार्ड प्रदान गर्ने जनाएको छ । महानगरपालिका÷उपमहानगरपालिका, प्रत्येक प्रदेशबाट उत्कृष्ट नगरपालिका तथा उत्कृष्ट गाउँपालिकालाई सम्मान गरिने छ ।
विद्यालय पुरस्कार अन्तर्गत सातै प्रदेशबाट उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालय र उत्कृष्ट सामुदायिक आधारभूत विद्यालयलाई प्रदान गरिनेछ । प्रधानाध्यापक पुरस्कार अन्तर्गत सातै प्रदेशबाट उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा उत्कृष्ट सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापक छनोट गरिएको छ ।
उक्त पुरस्कार छनोट गर्न संघले समिति बनाइएको थियो । समितिको संयोजकमा प्रा. डा. विद्यानाथ कोइराला तथा सदस्यहरू रामप्रसाद सुवेदी, नन्दकुमारी महर्जन, दिनेश कुमार श्रेष्ठ र सुदर्शन घिमिरे रहेको प्रधानध्यापन संघ नेपाल पानले जनाएको छ ।