सोमवार, अशोज २६, २०८३
सोमवार, अशोज २६, २०८३
  • होमपेज
  • News
  • भारतमा आयोजित एसिया डेफ क्याम्पमा राजबहादुर बुढाद्वारा नेपालको प्रतिनिधित्व

भारतमा आयोजित एसिया डेफ क्याम्पमा राजबहादुर बुढाद्वारा नेपालको प्रतिनिधित्व

  • आइतवार, अशोज २५, २०८३
भारतमा आयोजित एसिया डेफ क्याम्पमा राजबहादुर बुढाद्वारा नेपालको प्रतिनिधित्व

कार्यक्रमा सहभागी बाया बाट क्रम चौथोमा बुढा । तस्विर राजबहादुर बुढा

काठमाडौ —नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै राजबहादुर बुढा भारतको गोवामा आयोजित ’एसिया डेथ क्याम्पमा सहभागी भएका छन । उनी मुगु बहिरा संघका संस्थापक अध्यक्ष तथा राष्ट्रिय अपाङ्गता महासंघ नेपालका कर्णाली प्रदेश सचिव छन ।गत अक्टोबर ४ देखि ११ तारिखसम्म सञ्चालित यस क्याम्प अन्तर्गत उनले अक्टोबर ९ देखि ११ तारिखसम्म तीन दिनसम्म सञ्चालित ’ओमी’ (इः) बैठकमा पनि सक्रिय सहभागिता जनाएका छन ।

यस अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै बुढाले एसियाली बहिरा समुदायका नेतृत्वकर्ताहरू, अधिकारकर्मीहरू तथा विभिन्न देशका प्रतिनिधिहरूसँग अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त गर्नुभएको छ। एसिया महाद्वीपका विभिन्न देशबाट बहिरा समुदायका व्यक्तिहरूको सहभागिता रहेको यस कार्यक्रममा नेतृत्व विकास, क्षमता अभिवृद्धि, अधिकार संरक्षण र अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयहरूमा गम्भीर छलफल तथा अनुभव साटासाट भएको छ।
नेतृत्वकर्ताहरूले आआफ्ना संघर्ष, सफलता र समुदायको सबललीकरणसम्बन्धी अनुभवहरू प्रस्तुत गरेका थिए। यी अनुभवहरूबाट बुढाले बहिरा समुदायको नेतृत्व विकास र अधिकारको क्षेत्रमा नयाँ ज्ञान तथा दृष्टिकोण हासिल गरेका छन ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नु नेपाली बहिरा समुदायका लागि गर्वको विषय हो। विभिन्न देशका प्रतिनिधिहरूसँगको भेटघाट र अन्तरक्रियाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुका साथै भविष्यमा सहकार्यका नयाँ सम्भावनाहरू समेत सिर्जना गर्ने अपेक्षा गरिएको छ।

सांकेतिक भाषाका माध्यमबाट विचार, भावना र अनुभव आदानप्रदान गर्दै अगाडि बढेको यस कार्यक्रमले भाषा र भौतिक सीमाभन्दा माथि उठेर बहिरा समुदायबीच एकता, सहकार्य र आपसी समझदारी बढाउन निकै महत्त्वपूर्ण भूमिका खेलेको छ। बुढाको यो अन्तर्राष्ट्रिय सहभागिताले नेपाली बहिरा समुदायको क्षमता, नेतृत्व र पहिचानलाई विश्वमञ्चमा उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार