मङ्लबार, कार्तिक १८, २०८३
मङ्लबार, कार्तिक १८, २०८३
  • होमपेज
  • News
  • एनपीएलः आज विराटनगर र जनकपुर लुम्बिनी र पोखराबीच खेल हुने

एनपीएलः आज विराटनगर र जनकपुर लुम्बिनी र पोखराबीच खेल हुने

  • मङ्लबार, कार्तिक १८, २०८३
एनपीएलः आज विराटनगर र जनकपुर  लुम्बिनी र पोखराबीच  खेल हुने

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

तालिकाअनुसार पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। उक्त खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रिनेछ। जनकपुरले तीन खेल खेलिसकेको छ। तीमध्ये दुई खेलमा जित हात पारेको जनकपुरले एक खेलमा हार बेहोरेको छ। आजको खेल जित्दै आफ्नो लय कायम राख्ने चुनौती जनकपुरसामु हुनेछ।

त्यस्तै, आजै हुने दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ। उक्त खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। लुम्बिनी लायन्सले दुई खेल खेल्दा एकमा जित हात पारेको छ भने वर्षाका कारण अर्को खेलमा अंक बाँडेको छ। अपराजित रहेको लुम्बिनी आज पनि जितको खोजीमा हुनेछ।अर्कोतर्फ पोखरा एभेन्जर्स पनि लुम्बिनीलाई रोक्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

चर्चामा

सम्बन्धित समाचार