मुगुको पर्यटकियस्थ रारा घुम्न आउने आन्तरिक पर्यटक प्राकृतिक सुन्दरतासंग रमाउने गरेका छन । प्राय बिदाको दिन रारा घुम्न आउने पर्यटकहरु माथि मुर्माटप सम्म पुगेर फोटो भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने गरेका छन । यस तालको क्षेत्र फल १०.६५ बर्ग किमी, तालको लम्बाई करिव ५ कि.मी, चौडाई ३ कि.मी र गहिराई १६७ मिटर रहेको रारा राष्टिय निकुञ्जले जनाएको छ । रारा तालका असला माछा पर्यटकको लागि आक्रर्षण बनेका छन । रारामा घोडा चढन पनि पाइन्छ । तस्विर बिजयालक्ष्मी शाहीको सामाजिक सञ्जाल बाट ।