काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी नजिक चिसापानीगढीमा भएको सवारी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । काठमाडौंबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा १० जनाको ज्यान गएको खबरले आफूलाई स्तब्ध र अत्यन्तै मर्माहत बनाएको सभापति थापाले बताएका छन् ।
सभापति थापाले सामाजिक सञ्जालमा शोक सन्देश जारी गर्दै उनले यस अकल्पनीय दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, उनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।