बिहिबार, अशोज ८, २०८३
बिहिबार, अशोज ८, २०८३
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • राति फुल्ने बिहान झर्ने पारिजात फुल, धार्मिक आस्था र औषधिको उपयोगी

राति फुल्ने बिहान झर्ने पारिजात फुल, धार्मिक आस्था र औषधिको उपयोगी

  • मङ्लबार, अशोज ६, २०८३
राति फुल्ने बिहान झर्ने पारिजात फुल, धार्मिक आस्था र औषधिको उपयोगी

            काठमाडौ स्वयम्भू डल्लु स्थित मंगलबार बिहानै भुइमा झरेको पारिजात फुल टिप्दै स्थानीय तस्विर क्याराभान खबर

काठमाडौ — नेपाल तथा भारतका विभिन्न भूभागमा पाइने पारिजात फूल धार्मिक, पौराणिक, सांस्कृतिक तथा औषधीय दृष्टिले महत्वपूर्ण वनस्पतिका रूपमा चिनिन्छ। अत्यन्त सुगन्धित हुने यो फूल विशेषगरी रातिको समयमा फुल्ने र बिहान सूर्योदय हुनुअघि नै आफैँ झरेर भुइँमा पोखिने विशेषताका कारण पनि परिचित छ।

पारिजातलाई हिन्दू पौराणिक परम्परामा स्वर्गको फूलका रूपमा वर्णन गरिएको पाइन्छ। धार्मिक मान्यता अनुसार समुद्र मन्थनका क्रममा उत्पत्ति भएका १४ रत्नमध्ये पारिजात पनि एक हो। यसका कारण हिन्दू धार्मिक तथा सांस्कृतिक परम्परामा यसको विशेष स्थान रहेको मानिन्छ।

सामान्यतः भुइँमा झरेका फूल पूजा–आराधनामा प्रयोग नगर्ने धार्मिक प्रचलन भए पनि पारिजातलाई भने यसमा अपवादका रूपमा लिइन्छ। भुइँमा झरेपछि टिपेर पनि भगवान्, विशेषगरी श्रीविष्णु तथा लक्ष्मीको पूजामा श्रद्धापूर्वक अर्पण गर्ने परम्परा रहेको पाइन्छ।

चर्चामा

सम्बन्धित समाचार