बुधबार, अशोज ७, २०८३
बुधबार, अशोज ७, २०८३
  • होमपेज
  • समाज
  • हनुमान ढोका क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा

हनुमान ढोका क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा

  • मङ्लबार, अशोज ६, २०८३
हनुमान ढोका  क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा

काठमाडौ —बसन्तपुर हुनुमान ढोका क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ । रथ निर्माण, सरसफाइ तथा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।
दरबार क्षेत्रका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ । इन्द्रजात्राको लागि तयारी गरिएको हनुमान ढोका क्षेत्र झिलिमिलि रमणीय र आक्रर्षक देखिएको छ ।

इन्द्रजात्रालाई सव्य र भव्य तरिकाले सञ्चालनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँग ३१ गुठी आबद्ध छन् । उक्त गुठीहरुले तयारी गरि रहेका छन । इन्द्रजात्रा राष्ट्रिय पर्व भएकाले जात्रा हेर्ने अन्तरराष्ट्रिय पर्यटक धेरै आउने गरेका छन

विशेष गरेर नेवार समुदायमा विशेष महत्त्व राख्ने इन्द्रजात्रा काठमाडौँ उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका स्थानमा परम्परागत रूपमा मनाइन्छ । जात्राका क्रममा हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने गरिन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा इन्द्रजात्राको विशेष महत्व रहेको छ । भोली बाट लिंगो ठडयाएर इन्द्रजाता सुरु हुदैछ ।

चर्चामा

सम्बन्धित समाचार