बुधबार, भदौ ३, २०८३
बुधबार, भदौ ३, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेटवार्ता

  • मङ्लबार, भदौ २, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेटवार्ता

काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेटवार्ता भएको छ । रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको हो । उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका थिए ।
सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने परम्परा छ । सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।

तस्विर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

चर्चामा

सम्बन्धित समाचार