काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्ति जलवायु संकटको परिणाम भएको बताएका छन ।प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सभापति लामिछानेले उक्त घटना जलवायु सङ्कटको असमान भारका कारण उत्पन्न क्षति भएको बताए ।
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय माग्नुपर्नेमा जोड दिएका छन । हामी अब जलवायु न्याय माग्छौँ । यसका लागि हामी विश्वको ढोका–ढोका ढकढक्याउने छौँ सभापति लामिछानेको भनाई छ । जलवायु परिवर्तनको मुद्दामा नेपालले आफ्नो आवाज सशक्त बनाउनुपर्ने र यसको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार बनाउनुपर्ने उहाको भनाई छ ।
सभापति लामिछानेले भोटेकोशी लगायत देशभरका बाढी पहिरो पीडितहरूको राहत, उद्धार र पुनस्र्थापनामा सरकार गम्भीर हुनुपर्ने र यो मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन ।