शुक्रबार, अशोज ९, २०८३
शुक्रबार, अशोज ९, २०८३
  • होमपेज
  • समाज
  • काठमाडौ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइदै

काठमाडौ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइदै

कुमारीको रथयात्रा र जीवित संस्कृति

  • शुक्रबार, अशोज ९, २०८३
काठमाडौ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइदै

काठमाडौ —काठमाडौं उपत्यकामा आज वर्षासँगै इन्द्रजात्रा पर्व मनाइदै छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गर्दै उपत्यकावासीले परम्परा, संस्कृति र धार्मिक आस्थाले भरिएको इन्द्रजात्रा पर्व मनाइरहेका छन ।

भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो । काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिका साथ यो पर्व मनाउने गरिन्छ ।

वर्षा र सहकालसँग जोडिएको इन्द्रजात्राको आफ्नै पौराणिक तथा सांस्कृतिक महत्व छ । खेतबारीमा अन्नबाली फस्टाउन आवश्यक वर्षाका लागि इन्द्रको आराधना गर्ने परम्परासँग यो जात्रा जोडिएको मानिन्छ । त्यसैले इन्द्रजात्रा केवल धार्मिक उत्सव मात्र नभई कृषि जीवन, प्रकृति र समुदायसँग गाँसिएको सांस्कृतिक पर्वका रूपमा समेत स्थापित छ ।
इन्द्रजात्राको औपचारिक सुरुवात भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याएपछि हुन्छ । परम्परागत विधिअनुसार लिंगो ठड्याइएपछि काठमाडौंको ऐतिहासिक दरबार क्षेत्र आसपासमा जात्राको चहलपहल थप बढ्दै जान्छ ।

लिंगो ठड्याउने दिनदेखि नै विभिन्न धार्मिक अनुष्ठान, पूजाआजा तथा सांस्कृतिक कार्यक्रम सुरु हुन्छन् । जात्राका क्रममा काठमाडौंका पुराना बस्ती, चोक र गल्लीहरू मानिसको भीड हुने गरेको छ । बाजागाजाको धुन, परम्परागत नाच र सांस्कृतिक झाँकीले काठमाडौंको पुरानो स्वरूपलाई जीवन्त बनाउँछन् ।
कुमारीको रथयात्रा र जीवित संस्कृति
इन्द्रजात्राको सबैभन्दा आकर्षक पक्षमध्ये कुमारीको रथयात्रा पनि एक हो । काठमाडौंकी जीवित देवी कुमारीसँगै गणेश र भैरवको रथयात्रा निकालिने परम्परा छ । रथ तान्ने क्रममा ठूलो संख्यामा स्थानीय बासिन्दा तथा दर्शनार्थी सहभागी हुन्छन् । रथयात्राका क्रममा हनुमानढोका, वसन्तपुर तथा आसपासका क्षेत्रमा विशेष चहलपहल हुन्छ ।
इन्द्रजात्रा काठमाडौंको धार्मिक पर्व मात्र होइन, यहाँको सामाजिक जीवन र इतिहाससँग पनि गहिरोसँग जोडिएको छ । जात्रामा विभिन्न जातजाति र समुदायको सहभागिता रहने भएकाले यसले सामुदायिक सहअस्तित्व र सांस्कृतिक विविधताको झल्कोसमेत दिन्छ ।
झरीले थपेको जात्राको रंग
यस वर्ष इन्द्रजात्राको दिन झरी परे पनि जात्राको उत्साहमा कमी देखिएको छैन । पानी परिरहेको अवस्थामा समेत सर्वसाधारण जात्राका विभिन्न गतिविधि अवलोकन गर्न सहभागी भइरहेका छन्

चर्चामा

सम्बन्धित समाचार