बिहिबार, अशोज १५, २०८३
बिहिबार, अशोज १५, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुमा देउवा पक्षको वडा अधिवेशन सुरु, अधिकांश वडामा नेतृत्व सर्वसम्मत

मुगुमा देउवा पक्षको वडा अधिवेशन सुरु, अधिकांश वडामा नेतृत्व सर्वसम्मत

  • बिहिबार, अशोज १५, २०८३
मुगुमा देउवा पक्षको वडा अधिवेशन सुरु, अधिकांश वडामा नेतृत्व सर्वसम्मत

मुगु —नेपाली कांग्रेसका नेता एवं पूर्ववनमन्त्री ऐनबहादुर शाही ठकुरीको गृहजिल्ला मुगुमा संस्थापन (देउवा) पक्षले उत्साहका साथ वडा अधिवेशन सुरु गरेको छ । देउवा समूहले जिल्लाका चारवटै स्थानीय तह र ४५ वटै वडामा समानान्तर रूपमा बिहीबारदेखि अधिवेशन सुरु गरेको हो।

जिल्लाभर हर्षोल्लासका साथ सुरु भएको उक्त अधिवेशनअन्तर्गत अधिकांश वडाहरूमा नयाँ वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन ।

अधिवेशनअन्तर्गत सोरु गाउँपालिका वडान— १ मा २६ वर्षीय आदित्यकुमार शाही, वडान —४ मा धनबहादुर मल्ल सर्वसम्मत रूपमा वडा सभापतिमा चयन भएका छन्। त्यसैगरी, छायानाथ रारा नगरपालिका वडा नं. १४ मा प्रेमबहादुर बुढा सर्वसम्मत रूपमा वडा सभापति पदमा निर्वाचित भएका छन्।

अन्य बाँकी वडाहरूमा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी रहेको र अधिवेशन उत्साहपूर्ण वातावरणमा अघि बढिरहेको केन्द्रीय प्रतिनिधि तिलकबहादुर मल्लले जानकारी गराए ।

चर्चामा

सम्बन्धित समाचार