काठमाडौ —गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रसुवा भोटेकोशी बाढीपिडित प्रभावित नागरिकका लागि १ करोड सहयोग गरेको छ । सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल संग भेट गरि उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । ्
विश्वभरका नेपालीहरूको सहयोग र ऐक्यबद्धताबाट संकलित राहत रकममध्ये एनआरएनए आइसिसिले हालसम्म प्राप्त रकम मध्ये १ करोड प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो ।
संकटको घडीमा विश्वभरका नेपालीहरू एकजुट भएर मातृभूमि र प्रभावित नेपालीहरुको साथमा उभिएको एनआरएनएले जनाएको छ ।