बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३
  • होमपेज
  • News
  • झिलिमिली रंगीन क्रिकेट मैदानमा एनपीएलको रौनक

झिलिमिली रंगीन क्रिकेट मैदानमा एनपीएलको रौनक

  • मङ्लबार, कार्तिक ११, २०८३
झिलिमिली रंगीन  क्रिकेट मैदानमा एनपीएलको रौनक

काठमाडौ —कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग एनपीएल तेश्रो संस्करण  क्रिकेटप्रेमीमाझ उत्साह र उमङ्ग थपेको छ। साँझपख फ्लडलाइटको उज्यालो, खचाखच दर्शकदीर्घा, नेपाली मौलिक बाजागाजा र आधुनिक सङ्गीतले मैदानलाई उत्सवमय बनेको छ । साँझ पर्दै जाँदा मैदानमा जडान गरिएका फ्लडलाइट बल्न थाल्छन्। दूधिलो प्रकाशले उज्यालिएको हरियो मैदान, विभिन्न टोलीका जर्सीमा सजिएका समर्थक र चौका–छक्का प्रहार हुँदा गुञ्जिने नाराले कीर्तिपुरको वातावरणलाई थप रोमाञ्चक बनाएको छ ।
एनपीएलका खेल हेर्न त्रिवि मैदानमा विभिन्न उमेर समूहका दर्शकको उपस्थिति हुने गरेका छन । बालबालिकादेखि वृद्धवृद्धासम्मका क्रिकेटप्रेमी आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न मैदान पुग्ने गरेका छन्।

चौका र छक्का प्रहार हुँदा दर्शकले खुसी व्यक्त गर्ने तथा विकेट झर्दा उत्साहजनक प्रतिक्रिया जनाउने दृश्यले खेलको रोमाञ्चकता थप बढाउँने गरेको छ । खेलका महत्त्वपूर्ण क्षणमा बज्ने सङ्गीत, दर्शकको हुटिङ र टोलीको समर्थनमा लगाइने नाराले मैदानलाई उत्सवमय बनाएको छ ।
एनपीएलका कारण त्रिवि मैदान आसपास दर्शकलाई लक्षित गरी अनुहारमा राष्ट्रिय झण्डा तथा टोलीका रङ बनाइदिने कलाकार, बदाम र चिसो पेय पदार्थ बेच्ने व्यापारी तथा अन्य साना व्यवसायी सक्रिय देखिन्छन् । एनपीएलले कीर्तिपुरलाई क्रिकेटको प्रतिस्पर्धात्मक मैदानका साथै हजारौँ समर्थकको भावना, मनोरञ्जन र साझा उत्साह जोड्ने केन्द्रका रूपमा स्थापित गरेको छ । तस्विर राजेन्द्र बिक्रम शाही ठकुरी ।

चर्चामा

सम्बन्धित समाचार