सोमवार, कार्तिक १०, २०८३
सोमवार, कार्तिक १०, २०८३
  • होमपेज
  • News
  • एनपीएल विजेताले १ करोड ५० लाख पाउने

एनपीएल विजेताले १ करोड ५० लाख पाउने

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को तयारी पुरा

  • आइतवार, कार्तिक ९, २०८३
एनपीएल विजेताले १ करोड ५० लाख पाउने

काठमाडौ —तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार काठमाण्डौमा कार्यक्रम आयोजना गरेर प्रतियोगिताको पुरस्कार रकम घोषणा गरेको हो ।
गएको संस्करणको विजेता लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो । यस्तै पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले पनि १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो ।

क्यानका अनुसार उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख रु चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसैबीच क्यानले एनपीएलको तेस्रो संस्करणबाट ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरेको छ ।

क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएलको प्रायोजन, टिकट बिक्री तथा अन्य स्रोतबाट यो परिमाणमा आर्थिक कारोबार गर्ने अनुमान गरिएको जानकारी दिनुभएको हो । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भोलिदेखि शुरु हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीले खेल्दैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिता मंसिर ५ गतेसम्म चल्नेछ । भोलि बेलुकी ५ बजे शुरु हुने खेलसँगै तेस्रो संस्करणको औपचारिक शुरुवात हुनेछ । त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगितालाई मान्यता दिएपछि यस संस्करणको महत्व बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार