सोमवार, कार्तिक १०, २०८३
सोमवार, कार्तिक १०, २०८३
  • होमपेज
  • खेलकुद
  • आजदेखि एनपीएलको तेस्रो संस्करण प्रारम्भ हुदै प्रधानमन्त्रीले उदघाटन गर्ने

आजदेखि एनपीएलको तेस्रो संस्करण प्रारम्भ हुदै प्रधानमन्त्रीले उदघाटन गर्ने

  • सोमवार, कार्तिक १०, २०८३
आजदेखि एनपीएलको तेस्रो संस्करण प्रारम्भ हुदै प्रधानमन्त्रीले उदघाटन गर्ने

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ ।
प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उदघाट गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी गराउनु भयो । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्
आजदेखि एनपीएलको तेस्रो संस्करण शुरु हुँदैछ । एनपीएलमा कुल १५० करोड रुपैयाँसम्मको ऐतिहासिक आर्थिक कारोबार हुने नेपाल क्रिकेट संघ ९क्यानले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार