मुगु —नेपाली सेनाको हनुमान ध्वज गुल्म, हुटुको आयोजना रारा ट्रेल रन’ छैटौ हुन लागेको हो । पाँच वर्ष अघि सुरु गरिएको यस ट्रेल रन प्रतियोगिताले कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार, स्थानीय युवालाई खेलतर्फ आकर्षित गर्ने, नयाँ प्रतिभाको पहिचान गर्ने तथा रारा क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
एकताको दौड, संरक्षणको बाटो’ भन्ने मूल नारासहित प्रतियोगिता रारा ताल वरिपरि १६ किलोमिटर दूरीमा सञ्चालन हुने छ । प्रतियोगिता आज बिहान १० बजेदेखि सुरु हुने र यसमा १८ देखि ४५ वर्ष उमेर समूहका महिला तथा पुरुष गरी ६ सयभन्दा बढी खेलाडी सहभागी हुने छन ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्रदान गरिने नेपाली सेनाको हनुमान ध्वज गुल्म, हुटुले जनाएको छ ।